• कात्तिक २५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे ।

    नेता खनालले गोरखापत्र संवादका लागि आइतबार भने, “लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन् । ” उनले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताए ।

    नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताए । उनले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्रा्ष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । यो समाचार आजको गोरखापत्र दैनिकको फ्रन्ट पेजमा छापिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…