• काठमाडौं । भारतले बंगलादेशविरुद्धको तीन खेलको टी–२० क्रिकेट सिरिज २–१ ले जितेको छ । आइतबार राति नागपुरमा भएको तेस्रो तथा अन्तिम खेलमा ३० रनले पराजित गर्दै भारतले सिरिज जितेको हो ।

    भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा अलआउट हुँदै १४४ रनमात्र बनाउन सक्यो ।

    मोहमद नाइमले ४८ बलमा ८१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बंगलादेशलाई हराउनका लागि भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । चाहरले ७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

    चाहर अंतरराष्ट्रीय क्रिकेट में हैट्रिक लेने वाले सातवें भारतीय।

    चाहरको यो बलिङ प्रदर्शन टी–२० क्रिकेटकै सबैभन्दा उत्कृष्ट हो ।

    भारतबाट टी–२० मा ह्याट्रिक लिने उनी पहिलो भारतीय हुन् ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको नोक्सानीमा १७४ रन बनाएको थियो ।

    भारतको लागि श्रेयर ऐयरले ६२ तथा लोकेश राहुलले ५२ रन बनाए ।

    यसअघि भएको पहिलो खेलमा बंगलादेश ७ विकेटले विजयी भएको थियो भने दोस्रो खेल ८ विकेटले जितेर भारतले बराबरी गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…