• बाहुण्डाँगी । बिर्तामोडका उदयमान युवा व्यवसायी मिजास पोखरेल वीरता जेसीजको वर्ष २०२० को अध्यक्षमा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट उनी वीरता जसीजको अध्यक्ष निर्वाचित भएका हुन् ।

    वीरता जेसीजको ३९ औँ साधारणसभाको बन्दसत्रमा भएको निर्वाचनमा पोखरेल ३९ मत प्राप्त गर्दै विजयी भए । अर्का प्रतिस्पर्धी जीवनकुमार खड्काले १९ मत प्राप्त गरेका थिए । निर्वाचनमा ६२ जना मतदातामध्ये ५९ मत खसेको थियो भने एक मत बदर भएको निर्वाचन अधिकृत एकराज गिरीले जानकारी दिए ।

    सन् २०१० पछि वीरता जेसीजले निर्वाचित अध्यक्ष पाएको हो । वीरता जेसीजको वर्ष २०२० का लागि अन्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष पदमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाद्वारा नेतृत्व चयन गरिएको थियो । निर्वाचन सम्पन्न गर्न गिरीको संयोजकत्वमा अधिवेशन निर्देशक राजेन्द्र चौँलागाइँ र पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

    वीरता जेसीजको वर्ष २०२० का लागि कार्यकारिणी उपाध्यक्षमा घनश्याम चौधरी र प्रवेश बस्नेत, संयुक्त सचिवमा युवराज कुँवर, उपाध्यक्षहरुमा अनन्तलाल महतो, टिकाराम खतिवडा, कमल श्रेष्ठ र प्रभात मास्के, जनसम्पर्क अधिकारी पुकार बराल, तालिम आयुक्त लोकचन्द्र श्रेष्ठ ९एलसी०, प्रकरण निर्देशकमा अमरजीत साह निर्विरोध चयन भएका थिए ।

    मतपरिणामपछि भएको कार्यक्रममा वीरता जेसीजका अध्यक्ष विशाल थापाले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । निर्वाचित अध्यक्ष पोखरेलले प्रतिबद्धतासहितको मन्तव्य व्यक्त गरेका थिए । पोखरेलले वर्ष २०२० मा वीरता जेसीजलाई नमुना जेसीज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन । त्यस्तै, उपविजेता खड्काले विधिको शासन, लोकतानित्रक पद्धतीलाई पूर्ण प्रयोग गर्न र गराउन अरुलाई सिकाउने संस्था जेसीज भए पनि विगत १० बर्ष देखि सहमती सहकार्यको नाममा विधीलाई कुल्चीदै सदस्यहरुलाई नेतृत्व चुन्ने अधिकार बाट बन्चित गराईदै आईएको थियो, त्यही प्रथालाई तोड्न मैले उम्मेदबारी दिएर चुनावी प्रक्रिया सम्म आएको हुँ अव हरेक बर्ष यसैगरी चुनावी प्रक्रियाबाट जेसीज अघि बढन सक्नु पर्छ अनि मात्र विधीको शासनको कुरा गर्ने नैतिकता जेसीजसंग रहने बताउदै निर्वाचित अध्यक्ष पोखेलसहितको टिमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
    साभार आमसञ्चार अनलाइन

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…