• राजेन्द्र महतो
    लहान साउन १८गते । सिरहाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध घरेलु मदिरा, कच्चापदार्थ र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तन बरामद गरि नष्ट गरेका छन।
    लामो समयको बन्दाबन्दीपछि बजार खुल्न थालेपछि अवैध मदिरा उत्पादन गरि बिक्री वितरण भइरहेका सूचनाका आधारमा प्रहरीले सिरहाको औराही गाउँ पालिका र लहान नगरपालिका बाट ८५  लिटर अवैध घरेलु मदिरा र २ सय ५० कच्चापदार्थ नष्ट गरेको हो।

    जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी औरही

    सिरहा बाट खटिएको प्रहरी टोलि ले सिरहाको को औरही गाउपालिका–५ स्थित स्थानीय रामदेव कलाल र रामकृष्ण कलाल को घरमा संचालन गरेको घरेलु मदिरा भट्टी बाट करीब ५ लिटर अवैध घरेलु मदिरा,२ सय ५० लि. कच्चापदार्थ र मदिरा बनाउन प्रयोग हुने भाडाबर्तन -८ थान र मदिरा बनाउने मेसिन -२ थान  नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।
    त्यस्तै ईलाका प्रहरी कार्यालय लहान सिरहा बाट खटिएको टोलीले लहान न. पा.-३ स्थित स्थानीय जितु साह को घर बाट ८० लि घरेलु मदिरा सहित मदिरा बनाउन प्रयोग हुने भाडाबर्तन -१४ थान नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।

    बरामद गरिएको अबैध मदिरा सोही व डा का वडाध्यक्ष लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहवरमा सो मदिरा नष्ट गरिएका छन।

    मदिराका कारण दिनहुँँ समाजमा झै–झगडा, घरेलुहिंसा, महिला हिंसा लगायतको घटना तथा सर्वसाधारणको ज्यान समेत गएका धेरै उदाहरण छन।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…