• राजेन्द्र महतो
    लहान साउन २७ गते। सिरहाको  धनगढी माई नगरपालिका -१४ बाट डिभिजन बन कार्यालय ले भारी परिमाणमा दुई ट्रयाक्टर अवैध सालको काठ सहित छ जना लाई पक्राउ गरेको छ ।
    विशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय लहान बाट खटिएको टोलीले धनगढी माई नगरपालिका -१४ स्थित गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा ना.४ त. ८७२८ र स. १ त. ५२९७ नम्बरको मा लैजाँदै गरेको ६९ थान सालको चिरान काठ सहित धनगढीमाई नगरपालिका–१४ का समीर मगर र सोही ठाउँ का कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ का जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।
    साथै उनीहरुको साथमा रहेको एक थान मोटरसाइकल पनि पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले बताएका छन।
    पक्राउ परेका छवै जना माथि आवश्यक अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय लहानले बताएका छन।

सम्वन्धित समाचार

राजेन्द्र महतो                                                       लहान!  मंसिर १८ गते।सिरहामा रगत …

  अर्जुन जम्नेली राई /रातोकलम मोरङ । मोरङको पथरी शनिश्चरे नगरमा भाइरहेको खुल्ला नकआउट फुटबल प्रयि…

  काठमाडौं- नेपाली बजारमा पछिल्लो एक सातादेखि पहेँलो धातुको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपा…

राजेन्द्र महतो लहान साउन २९ गते।सिरहामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९)नयाँ संक्रमित पुष्टि भएका छन्…