• बुधबार १७ भदौ, २०७७

    मोरङ । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ अनलाइन बक्तित्व कला प्रतियोगितामा सुनसरी धरानकी बिलम राई प्रथम भएकी छन् ।

    किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस हो । स्थापना दिवसको अवसरमा आयोजित प्रतियोतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । त्यसैगरी सुजन विष्ट, संगीता राई र दिवस लोहोरुङ राई सान्वता भएका छन् । जुनियर सहभागिको रुपमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका (अपाङ्गता) उक्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन् ।

    प्रथम, दोस्रो, तेस्रो हुने प्रतियोगीहरुलाई क्रमस ३०, २० र १० हजार, सान्वता तीनै जनालाई पाँच हजारको दरले तथा जुनियर सहभागित तथा फरक क्षमता भएका प्रतियोगितहरुलाई तीन हजारको दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक किरावि संघको केन्द्रीय अध्यक्ष जितेन राईले बताए ।

    प्रतियोगिता देशभरबाट १०९ जना सहभागि भएको निर्णयक समितिको संयोजक डा.तारामणी राईले बताए । निर्णय सार्वजनिक गर्ने क्रममा प्रतियोगिता पूर्व मेचीदेखि महाकाली सम्मबाट सहभागि भएको जनाउदै देश ब्यापी र बिषय शान्दर्भीक भएको डा. राईले बताए ।

    प्रतियोगितामा बिषय बस्तु, भेषभुषा, हाउभाउ लगायतको बिषय समेटेर निर्णय गरिएको निर्णायक खिलराज राईले बताए । प्रतियोगिताको लागि सहभागिहरुबाट ५ मिनेटको भिजुअल मगाइएको थियो । उक्त भिजुअल हेरेर पाँच जना निर्णायकहरुले सर्वसहमत निर्णय दिएका थिए ।

    प्रतियोगिताको नजतिा सार्वजनिकसँगै जुम प्रविधिमा भर्चुअल कार्यक्रम समेत भएको थियो । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोगको मातृभाषा विभाग प्रमुख डा.लोकबहादुर लोप्चान, भाषा विद अमृत योञ्जनले मातृ भाषा पठन पाठनको महत्व बारे प्रशिक्षण दिएका थिए ।
    कार्यक्रममा किराया केन्द्रीय उपाध्यक्ष तथा भातृ संगठन विभाग प्रमुख जीवन हाताचो राई, किरात राई विद्यार्थी संघको पूर्ब अध्यक्ष अर्जुन जम्नेली राई, पूर्व महासचिव डेकिन्द्रकुमार राई, किरात राई कर्मचारी संघको कार्यवाहक अध्यक्ष खिलराज राई लगायतले शुभकामना दिएका थिए ।

    संघको केन्द्रीय अध्यक्ष जितेन राईको सभापतित्वमा भएको कार्यक्रम उपाध्यक्ष शोभित राईले शुभकामना र महासचिव रविन राईले सञ्चालन गरेका थिए । कार्यक्रममा संघकी पूर्व अध्यक्ष बिर्सिका राई लगायतको संघको बर्तमान केन्द्रीय पदाधिकारी सदस्यहरु खोटाङ, सोलुखुम्बु, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, उदयुपर, पाँचधर लगायतबाट सहभागि भएका थिए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…