• उर्लाबारी /नारी संकल्प साकोस उर्लावारीको संम्योजनमा आज देखि कोभिट १९ उर्लाबारी फुड बैक को स्थापना गरिएको छ ।

    रोटरी क्लव अफ उर्लावारी,उर्लावारी रेडक्रस,उर्लावारी जेसीज, लायन्स क्लव अफ उर्लावारी,लायन्स क्लव अफ ईष्टर्न मोरंग,लायन्स क्लव अफ उर्लावारी आस्था,सगरमाथा साकोस,उर्लावारी उधोग वाणिज्य संघ समेतको संयुक्त व्यवस्थापन रहने गरी उर्लावारीमा “उर्लावारी फुड वैंक”को स्थापना गरिएको हो ।

    शनिबार उर्लावारीमा, उर्लावारी नगरपालीकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्य र उर्लाबारी -७ का वडा अध्यक्ष बिरबल थापा लगाएत का अतिथि को उपस्तिथिमा उद्घाटन गरिएको हो ।

    ”हुनेले दिएर जाऔं,नहुनेले लिएर जाऔं,कोही पनि भोकै नवसौं” भन्ने नारा सहित स्थापित सो फुड वैंकले आजै देखि नै खाद्यान्न सामग्री बितहरण को समेत सुरुवात गरेको नारी संकल्प साकोस का अध्यक्ष सीता कार्कीले जानकारी दिनु भएको छ ।

    यस अघि उर्लाबारी -३ मंगलबारे मा पनि स्थानीय सामाजिक अगुवा युवा हरुको पहल र संम्योजन मा फुड बैंक को स्थापना गरिएको छ

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…