• गायक राज खम्बु र गायिका सुजाता वर्माको स्वर रहेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा यी दुईलाई मिस्टर आरजेले आवाजमा साथ दिएका छन्। शुक्रबार सार्वजनिक गरिएको गीतमा नवराज कुलाउनीको शब्द र राजेन्द्र भट्टको संगीत रहेको छ। म्युजिक भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसैन र रियाशा दाहालको अभिनय रहेको छ।

    भिडियोमा नाजिर र रियाशा श्रीमानश्रीमतीको भूमिका छन् भने स्वस्तिमा नाजिरको साली बनेकी छिन् । गीतको भिडियो निकै रमाइलो बनेको छ । अन्सु राईले निर्माण गरेको यस म्युजिक भिडियोमा अर्जुन तिवारी र उनको टिमले क्यामेराको काम गरेका छन् भने भिडियोलाई मोहित मुनालले एरेन्ज गरेका हुन् । यस गीतलाई राजिभ समरले कोरियोग्राफी गरेका छन् भने शान थापाले निर्देशन गरेका हुन् ।

    (भिडियो सहित्):


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…