• सञ्चार क्लब गौरादहको आयोजनामा ‘पत्रकारिताको भाषा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभलक्ष्मी सहकारी संस्थाको सभाहलमा आज भएको सो कार्यक्रममा क्लबको कार्यसमिति, सल्लाहाकार समिति र गौरादहका संचार गृहहरुमा कार्यरत सञ्चार कर्मीहरुको सहभागिता रहेको थियो ।


    अन्तरक्रिया कार्यक्रमको प्रमुख सहजकर्ताको भूमिकामा स्वतन्त्र पत्रकार केशव निरौला रहनुभएको थियो । नेपाली भाषा र पत्रकारिता विषयको प्राध्यापन समेत गर्दैरहनु भएका पत्रकार निरौलाले नेपाली भाषाको वर्णविन्यास, पत्रकारितामा नेपाली भाषाको प्रयोगमा देखिएका चुनौती लगायतका विषयबस्तुको बारेमा सहजिकरण गर्नुभएको थियो । वहाँले पत्रकारिता भाषा संरक्षणको महत्वपूर्ण माध्यम बन्न सक्नुपर्ने साथै पत्रकारहरुले अध्ययनमा विशेष ध्यान दिनुपर्र्नेे बताउनु भयो ।
    अन्तरक्रियामा सहभागीहरुले क्लबले निरन्तर रुपमा सञ्चार कर्मीहरुको सीप, दक्षता र क्षमता विकासका बिभिन्न कार्यक्रमहरु आयोजना हुनुपर्ने सुझाएका थिए ।
    पत्रकारिताको भाषा विषयक अन्तरक्रियाको औचित्यको बारेमा क्लबका सल्लाहाकार तथा अनलाइन विचारका सम्पादक डण्डिराज(विवेक) घिमिरेले प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रम सञ्चार क्लबका उपाध्यक्ष सन्तोष विष्टको सभापतित्व र सचिव सान नेपालको संचालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…