• सोमबार ५ असोज, २०७७

    अर्जुन जम्नेली राई/रातोकलम

    मोरङ । कोरोना भाइरस (कोभिड-१९)को नाममा मोरङको पथरी नगर अस्पतालका स्वास्थकर्मी मुरारी आचार्यले सरकारी निर्देशनको उलंघन गर्दै पीसीआर परीक्षणको लागि स्वाब संकलनको नाममा रकम असुलेको तथ्य फेला परेको छ ।

    नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला बाहेक कहिपनि रकम लिन नपाउने ब्यबस्थापन गरेको छ । मन्त्रालयले भादौ २८ गतेको नियमित पत्रकार सम्मेलन मार्फत देशभर ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालाबाट मात्र बढिका दुई हजार रुपैयाँ लिएर पीसीर परीक्षण गर्न पाइने निर्देशन जारी गरेका छन ।

    हरेक प्रदेशमा एउटा सरकारी अस्पतालको प्रयोगशालाले मात्र तोकिएको रकम लिएर पीसीआर परीक्षण गर्न पाउँछन् । प्रदेश १ को लागि कोशी अस्पतालको प्रयोगशालालाई मात्र त्यो अनुमती छ ।

    स्वाब संकलन केन्द्रमा रकम अशुल गर्नु सरसर गैर कानुनी काम हो । मोरङ पथरी शनिश्चरे नगरपालिका स्थित पथरी नगर अस्पतालका स्वास्थ्य कर्मचारी मुरारी आचार्यले सरकारी निर्देशनको ठाडो उलंघन गरेर पीसीआर स्वाब संकलनमा रकम असुल गरेको तथ्य फेला परेको हो ।

    घट्ना विवरण अनुसार मोरङको पथरी शनिश्चरे-१ शिखर चोक नजिकैको कबाडी फलाम खरिद बिक्री केन्द्रका मजदुरहरुलाई आचार्यले गैर कानुनी रुपमा रकम अशुल गरेका हुन । कवाडी मजदुरहरु लकडाउनको लामो समयपछि भारतको वेष्ट बंगालबाट भर्खरै पथरी आएका थिए ।

    कावाडी संकलन केन्द्र भित्रै बसिरहेका छ जनालाई स्थानीयबासीबाट पीसीआर परिक्षण गर्नुपर्ने आवाज उठ्यो । त्यसपछि पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मुरारी आचार्य कबाडी संकलन गर्ने मजदुरहरु भएकोमा आएर अस्पताल आएर पीसीआर टेष्टमा आउनु भनेका थिए । त्यहाँ आउदै प्रतिगोटा चार हजार चार सय रुपैया लाग्ने बताएको मजदुरहरु बताउछन ।

    लकडाउनको कारण काम नचलेको र घर(भारत)बाट भर्खरै आएकोले आफूहरूसँग रकम नभएका ती मजदुरहरुले बताए ।

    पीसीआर परीक्षण गर्नै पर्ने भएपछि ॠण खोजेर पथरी नगर अस्पताल गएको बबुर अलिले जानकारी दिए । स्वास्थ्यकर्मी मुरारी आचार्य लगायतले पीसीआर गर्न दबाब दिएपछि कवाडी संकलनमा काम गर्ने ६ जना मजदुर नगर अस्पताल पुगे



    अस्पतालको गेटमा बस्ने गेटपाल (सुरक्षा गार्ड)ले पैसा नदिइ छिर्न नदिएपछि ६ जनाको २६ हजार तिरेर स्वाब दिएको अबुल आलमले बताए । रकम लियो तर तत्काल रसिद नदिएको उनीहरुको भनाइ छ ।

    गेटपाल (सुरक्षा गार्ड) लोकराज राईले उक्त रकम स्वास्थ्य कर्मचारी मुरारी आचार्यले लिन लगाएको बताए । उक्त रकम पीसीआर परीक्षणपछि आचार्य कै हातमा बुझाइ दिएको बताए ।

    कोरोना भाइरसको लक्षण देखिएका संकास्पद ब्यक्तिहरुको पीसीआर परीक्षण सरकारले निशुल्क गर्दै आएका छन । लक्षण नदेखिएका ब्यक्तिहरुले परीक्षण गर्न चाहेमा दुई हजार लिएर पीसीआर गर्न कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा मात्र सरकारी अनुमती छ । स्वाब संकलन केन्द्रमा प्रदेशभर पैसा लिन नपाइने १ नम्बर प्रदेशका जनस्वास्थ्य प्रशाशक सागर प्रसाईले बताए ।

    सरकारी निर्देशन उलंघन गरेको पाइएमा कार्बाही हुने प्रसाइले बताए । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले भदौ २८ गते तोकिएका प्रयोगशालाहरुलाई बढीमा २ हजारसम्म शुल्क लिनसक्ने रकम तोकि दिएका थिए । पथरी नगर अस्पतालका कर्मचारी मुरारी आचार्यले सरकारले निर्देशन गरेको चार दिनपछि ३१ गते तोकेभन्दा दोब्बर रकम बढि लिएका छन ।

    त्यो रकम पनि अस्पतालको बिलिङ शाखामा नभएर गेटमा सुरक्षा गार्ड मार्फत कर्मचारी आचार्यले लिएका छन । कबाडी मजदुरले रकम तिर्नुभन्दा अघिनै आचार्यले अस्पतालको नाममा एकमुष्ट २६ हजार रुपैयाँको बिल सुरक्षा गार्डलाई दिएको देखिन्छ । यद्यपि उक्त बिल सुरक्षा गार्डले मजदुरलाई नदिएर आफै राखेका छन ।

    नगरपालिकामा नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा कोरोनाभाइरस तथा विपद ब्याबस्थान समिती रहेको छ । उक्त समितिको सदस्य समेत रहेका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले पीसीआर परीक्षणको लागि रकम लिने निर्णय नभएको बताए । सरकारले नगर्नु भन्ने आदेश उंलघन गरेर रकम लिएको पाइए त्यो "भ्रष्टाचार" सरह हुने गिरीको भनाइ छ ।

    सोही समितिको सदस्य समेत रहेका पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्बेतले पीसीआर स्वाब संकलनको पैसा लिएको भए गल्ती हुने बताए ।

    गएको स्थानीय निर्बाचनमा नगरप्रमुखको निकटतम प्रतिद्वान्द्वी समेत रहेका नेपाली कांग्रेसका क्षत्रीय सभापति गणेश खड्काले कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलनको लागि कसैलाई रकम लिन नहुने विचार राखेका छन ।

    स्वास्थ्य कर्मचारी मुरारी आचार्यले भने उक्त नगरप्रमुख दिलिपकुमार राईको निर्देशनमा लिएको प्रतिक्रिया दिए । नगरप्रमुख राईले विदेशी भएकोले रकम लिएको बताए ।

    नगरपालिकाको अनुगमन समिती संयोजक समेत रहेकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले संघीय स्वास्थ्य मन्त्रालयको निर्देशन बिपरित नगरमा आदिकारिक निर्णय बिन मनोमानी रुपमा लिइएको रकम मजदुरलाई फिर्ता गरिदिनु पर्ने बताएकी छन ।

    कबाडी पसलछेउका चित्रबहादुर थापाले पनि गैरकानुनि रुपमा लिएको रकम मजदुरहरुलाई फिर्ता गरिदिनु पर्ने मत राखेका छन ।

    कबाडी मजदुर छ महिनादेखी काम नचल्दा आफू बस्ने घरभाडा तिर्न, खानबस्ननै समस्यामा पर्दै आएको बबुर अलिले बताएका छन । समाचार संकलनको लागि प्रत्रकारहरुको टोलि त्यहाँ पुग्दा समस्याहरु राख्दै सुरक्षा चुनौतीसमेत रहेको बताए । पीसीआरको स्वाब संकलनमा पैसा नलाग्ने थाहा हुँदाहुँदै जबर्जस्ति मागिएपछी दिन बाध्य भएको उनिहरुको भनाई थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…