• काठमाडौं, असोज १८ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १२ हजार ७८४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार २५३ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

     

    थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
    मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो ।
    त्यसैगरी, पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…