•  

    उर्लाबारी । मोरङ निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको हो ।

    साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख छ ।

    माननीय साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका र हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक तथा तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।

    सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् । विशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको छ।



    मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा संसद साम्बाको निर्वाचन क्षेत्र पर्दछन् ।
    सांसद साम्बाले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा उक्त विकास निर्माणका कार्यक्रमहरु केहि प्रतिसत सम्पन्न भएको र केहि कामहरु कार्यान्यनको चरण रहेको बताउनु भयो ।

    उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन् । यसका अलावा सांसद साम्बाले स्कुलको भवन तथा विभिन्न प्राविधिक सशक्तीकरण, मन्दिर निर्माण तथा सामाजिक क्षेत्रमा बजेट तथा कार्यक्रम खर्च गराउन भूमिका खेलेको उल्लेख छ ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…