• विजय धिमाल
    कार्तीक ४ उर्लाबारी
    मोरङको उर्लाबारी नगरपालिका ९ मा अवस्थित श्री सार्वजनिक माबिले प्लस टु संचालनमा ल्याउन भनि लगाएको पुराणको रकम दश महिनापछि बिना व्याज आर्थिक समितिले सार्वजनिक गरेको छ ।

    बिध्ययालयमा स्थानिय अभिभावक, बुद्धिजिवि, जनप्रतिनिधि, विध्यालय व्यवस्थापन समिति र बिध्यालयका शिक्षक बित एक कार्यक्रमको आयोजनागरी हिसाब सार्वजनिक गरेको हो । हिसाब सार्वजनिकमा उपस्थित कसैको पनि चित्त नबुझेको र सिस्टम विपरित भएको गुनासो व्याक्त गरेका थिए । आर्थिक समितिले पुराणमा दाताबाट जम्मा संकलित रकम १६ लाख १२ हजार ६ सय ४७ रुपौयाँ भने खर्चमा ५ लाख ६८ हजार ९८ भएको र हाल जम्मा १० लाख ४४ हजार १ सय ४९ मध्यये नगद मौजाद ६ लाख ४९ हजार ७ सय ४६ सय ४६ रुपैयाँ बाँकी बोल रकम ३ लाख ९४ हजार ३ सय ६३ रुपैया रहेको आर्थिक समितिबाट हिसाब सर्वजनिक गरेको थियो ।

    गत २०७६ मंसिर १० गतेबाट ७ दिन सम्म पुराण सुरुभई आज सम्म आइपुग्दा यति लामो समय सम्म हिसाब सार्वजनिक नहुनुको कारण, दश महिना सम्म कहाँ थियो र कस्ले चलएको थियो, सहकारी वा बंैकमा नहुनुको कारण, आर्थिक समितिले बिना व्याज साँवा मात्र आउनुको कारण बिध्यालय व्यवस्थापन समितिका सदस्य अमर सेलिङबाट माग आएको थियो । थप्दै प्लस टु संचालन गर्ने भनि देउसीभैलो, चन्दा संकलन र पुराणमा उठेको रकमबाटै शिक्षक तथा कर्मचारीलाई दिने भन्ने सुनेको छु यो कदापी हुन सक्दैन, यस्तै पाराले कसरी प्लस टु संचालनमा आउला भनि आश्चर्य मान्दै आफ्नो कुरा राखेका थिए । बिना सिस्टम कार्यक्रम हतार हतार गरी समापन गरेको थियो । यता वर्ष पुग्दा समेत सात जना अस्थाई शिक्षक तथा कर्मचारीले तलब अझै सम्म नपाएको किन वा केकारणले तलव नपाएको, काम पछि दाम हुनुपर्ने, यदी मैले कसैलाई पैसा दिन्छु भनि काम लगाए भने उसको मेहनतको पैसा दिनुपर्छ मैले बहाना बाजी गर्नु उचित हुन्न के कसरी हुन्छ निजि शिक्षक र कर्मचारीले तलव चाँडै दिनुपर्ने कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बम बादुर फ्याकको भनाई रहेको थियो । कार्यक्रममा पुराणको रकम वा बिध्ययालय संचालनमा आइरहदा यस भन्दा अगाडी पनि रकम हिनामिना भएको पुराण समिति संयोजक÷बिध्यालय व्यबस्थापन समिति अध्यक्ष कुरुराज आङबुहाङले पूर्व प्रअ टंक दुलाललाई दोस देखाएका थिए । पूर्व प्रअ टंकप्रसाद दुलाल संग बुझ्दा म रहिन्जेल विध्ययालयले कुनै रकम नबुझेको यसबारे मलाई केही थाहा नभएको जनाउदै बिध्यालय व्यबस्थापन समिति अध्यक्ष कुरुराज आङबुहाङले म प्रति लगाएको आरोप झुटो हो । मैले रकम हिनामिना गरेको हो या हैन बिध्यालयमा आएर हिसाब हेर्दा हुन्छ हिसाब किलियर छ, मैले विध्ययालयबाट उल्टै रकम पाउनुपर्ने बताउछन ।

    बिध्यालयको शिक्षक वा बिध्ययालय व्यवस्थापन समिति भनेको चानचुने कुरो होइन, यी दुइ बिच बिध्यालयको बिकास उन्नती प्रगति संगै देशका कर्णधार बिध्यार्थीको उज्जवल भविष्य संग जोडिएको हुन्छ, त्यसैले खेलाची नगरौ जागीर खाई पैसा कमाउने माध्यम वा सोच शिक्षकबाट हट्न आवस्यक देखिन्छ । म पनि शिक्षक बन्न कोसीस गरे तर मलाई सजिलो लागेन असल शिक्षक भेट्न वा पाउन सहज छैन भन्दै कार्यक्रममा बिध्ययालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चुडामणी आँपगाइले आफ्नो कुरा राखेका थिए । कार्यक्रमकै बिचमा पुराणमा स्व. पिता दुर्यधन मगरको स्मृतिमा श्रीमती यममाया मगर, छोराहरु अर्जुन मगर, केदार मगर, पुर्णबहादुर मगर र पोष्टबहादुर मगरबाट १ लाख ५ हजार ५ सय ५५ रुपैया उच्च रकम प्रदान गरेको भन्दै सम्मान स्वरुप ताम्रापत्रद्वारा पुराण आयोजक समितिले सम्मान गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष बम बादुर फ्याक, बिशिष्ट अतिथि उर्लाबारी नगरपालिका वडा नम्बर ९ का वडा सदस्य खड्ग बहादुर कार्की अतिथिहरुमा बिध्ययालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चुडामणी आपगाई÷बिजय आङबुहाङ र स्थानिय बुद्धिजिवि, समाजसेवि लगायत रहेका थिए भने बिध्ययालय व्यवस्थापन समितिका अध्यक्ष कुरुराज आङबुहाङको सभापतित्वमा कार्यक्रम समापन भएको थियो । कार्यक्रम पुराण आर्थिक समितिका संयोजक ओम प्रसाद उप्रेतीले संचालन गरेका थिए ।

    https://www.youtube.com/watch?v=O2Oovt3wkC0&t=38s&ab_channel=PurbakoTV

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…