• झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । 
       
    पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँपालिकाका पशु शाखा प्रमुख एन्जलबाबु कार्कीले बताउनुभयो । आव २०७५÷७७ मा एक हजार सुत्केरी गाईलाई भत्ता गाउँपालिकाले वितरण गरेको छ । 

    दुग्धजन्य खाद्यवस्तुमा गाउँपालिका आत्मनिर्भर हुनका लागि पशुपालक घरपरिवारले पालेको गाई वा भैँसी सुत्केरी (दुुहुनो भएमा) रु दुई हजार प्रोत्साहन भत्ता उपलब्ध गरउँदै आएको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । सो कार्यक्रमअन्तर्गत गएको वर्षमा एक हजार दुनो गाईको लागि रु २१ लाख ४१ हजार भत्ता वितरण गरेको पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । 

    एक घरमा एउटा गाई वा भैँसी सुत्केरी भएमा गाउँपालिकाले रु दुई हजारका दरले नगद प्रदान गर्दै आएको छ । एउटै घरमा एकदेखि बढी गाई वा भैँसी सुत्केरी भएमा रु एक हजार थप गरेर नगद प्रदान गर्ने गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि सुत्केरी गाई र भैँंसीका लागि प्रोत्साहन कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरेको पशु शाखाले जनाएको छ । 
       गाउँपालिकाका पशुपालकहरुलाई भैपरी आउने  विभिन्न दैवीप्रकोप र महामारी रोगहरुबाट पर्न सक्ने आर्थिक सङ्कटबाट बचाउन गत आवमा दुई हजार पशुहरुको बीमा गरेको गाउँपालिका पशु शाखा प्रमुख कार्कीले बताउनुभयो । गाउँपालिकाभित्रका एउटा पशुलाई प्रिमियमबापत रु एक हजार १०० दरले दुई हजार पशुको बीमा कार्यक्रमअन्तर्गत गत आवमा रु छ लाख ५० हजार गाउँपालिकाले बीमाबापत पशुपालकको पशुको बीमा रकम तिरिदिएको गाउँपालिकाको पशु शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
     
    जागर हुने पशुपालक कृषकलाई स्थानीय सरकारको अनुभूति भएको सिदिङ्वा गाउँपालिका–४ का पशु व्यवसायी  सीताराम गौतमले बताउनुभयो । दुहुनो गाई तथा विभिन्न प्रोत्साहन र अनुदान कार्यक्रमले स्थानीयवासीको आर्यआर्जनमा ठूलो सहयोग पुगेको गौतमले बताउनुभयो । उहाँले भन्नुभयो “गाउँपालिकाले दिएको दुहुनो गाई प्रोत्साहन भत्ताले दुहुनो गाईको लागि दाना र नून दिन पुगेको छ ।” गाउँपालिकाभित्र सङकलन भएको दुग्ध छुर्पी साथै दुग्धजन्य पदार्थ इलाम पु¥याएर बिक्री वितरण गर्दै आएको सिंहदेवी दुग्ध डेरी सञ्चालकसमेत रहेको  गौतमले बताउनुभयो । 
       
    नेपाल सरकारले कृषकको लागि विभिन्न अनुदानका कार्यक्रमहरु ल्याएको छ भन्ने सुन्न मात्रै पाएका कृषक सरु राई अहिले निकै खुशी हुनुभएको छ । राईले भन्नुभयो, “मेरो गाई सुत्केरी हुन नसकेर मरेको थियो । गाउँपालिकाले बीमाबापत रु ३४ हजार दियोे ।” विगतका दिनमा पशु मरे भने ठूलो आर्थिक क्षति हुन्थ्यो तर अहिले प्रत्येक घरमा पशु बीमा गरिदिएपछि आर्थिक क्षति हुनबाट जोगिएको राईले बताउनुभयो । 

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…