• राष्ट्रिय समाचार समिति (रासस)  को ६० औँ वार्षिकोत्सव तथा हीरक वर्ष प्रवेशका अवसरमा वर्षभर उत्कृष्ट काम गर्ने पत्रकार तथा कर्मचारी पुरस्कृत भएका छन् । रासस केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ती पुरस्कार प्रदान गर्नुभयो । 

        नेपाल पत्रकार महासङ्घ, रासस शाखाद्वारा स्थापित ‘रासस पत्रकारिता पुरस्कार’ वरिष्ठ सम्पादक श्रीमती मोहिनी मिश्र रिसाल (केन्द्रीय कार्यालय) र उपसमाचारदाता वीरेन्द्रनारायण कर्ण (रासस वीरगञ्ज कार्यालय प्रमुख)ले प्राप्त गर्नुभयो । पुरस्कारको राशि जनही रु १० हजार छ । त्यसैगरी महासङ्घले मनीन्द्रलाल श्रेष्ठ (राससका पूर्व कर्मचारी) र श्री शरच्चन्द्र भण्डारी (उपप्रमुख समाचारदाता, रासस केन्द्रीय कार्यालय) लाई विशेष  सम्मान गरेको छ ।
     
        यस वर्षको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ स्थानीय समाचारदाता (स्ट्रिङ्गर) रवीन्द्र काफ्ले (पाँचथर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु ७ हजार ५००  छ । सो पुरस्कार रासस कार्यालय तुल्सीपुर, दाङका प्रमुख नारायणी रजौरेले आफ्ना मातापिता र भाइका स्मृतिमा स्थापना गर्नुभएको हो ।

    रासस कर्मचारी सङ्घले स्थापना गरेको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा (रासस प्रदेश नं २ कार्यालय, जनकपुर) र कार्यालय सहयोगी खिलप्रसाद दाहाल (रासस केन्द्रीय कार्यालय) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार छ । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, रासस शाखाद्वारा स्थापित  ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’  दीपराज सन्याल (अङ्ग्रेजी समाचार प्रमुख) र राजेशकुमार श्रेष्ठ (उपव्यवस्थापक, लेखा शाखा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु पाँच हजार ५५५ छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…