गरिबको छोरी
--*--
१४ बर्षिय उर्मिला छिमेकीको घरमा चुलाचौका बडारकुडार गरेर आफ्नो घरमा आइन् ।
खाटमा सुतेका उसको बुबाले रिसले भने: यतिबेला सम्म कहाँ मुख कालो बनाएर आइस , हिजो अस्तिको भन्दा १ घण्टा ढिलो आइस.... ,
बुबा । त्यहाँ मालिकको घरमा केहि पाहुनाहरु आउने वाला थिए , त्यसैले उनिहरुलाई खाना चिया खुवाउने र चुला चौका गरि भाँडा माजेर काम सकि, आउनलाई ढिलो भयो...,
गैहाल भित्र घरको काम सकिहाल कुकुर्नी ....,
भर्खर उर्मिला कोठामा पसेकी मात्र के थिइ.. सानो भाइले खाना माग्यो , उर्मिलाले भनिन्.. खाना बनाएको छैन , म मालिकको घरबाट भर्खर काम सकाएर आएकी छु अब बनाउछु नि...,
सानो भाइले उर्मिलाको ढाडमा मुड्किले हान्यो.. "साले कल्चौडी मलाई खेल्न जानू छ भोक लागेको छ छिटो भात पका... ।"
दिउँसो घरमा कोहि नभएको बेला उर्मिला एक्लै रुँई रहेकी थिइन् ,
घर पालुवा कुकुर जंगे उर्मिलाको नजिक आयो र जिब्रो ले यताउता चाट्न थाल्यो उर्मिला लाई प्रोत्साहन दिन थाल्यो ।
उर्मिला ले जंगे कुकुर लाई अंगालो हालेर रुँन थाली र भनी: भगवान । कुनैपनी जन्ममा मलाई गरिबको छोरी नबनाउनु, यदि गरिबको छोरी बनाउनुहुन्छ भने आमाको साथसाथै मलाई पनि स्वर्गमै बोलाउनु ।। 😢😓सन्तोष कार्की मौसुफ