• काठमाडौं – तपाईको अनुहारमा अनावश्यक कोठी छ । कोठीलाई जोडेर सम्बन्धित व्यक्तिको प्रवृत्ति, भाग्य, आनीबानी केलाउने गरेको त पक्कै सुन्नु भएको होला । नाकमा कोठी हुनेको यस्तो भाग्य आँखामा हुनेको यस्तो भन्ने भनाईहरु पनि बाक्लै सुनिन्छन् । हुन त अनुहारमा ठिक ठाउँमा एउटा बढीमा दुईटासम्म कोठी राम्रो देखिन्छ । एकदमै धेरै कोठी आए भने चाहिँ भद्धा देखिन थाल्छ ।

    आफ्नो सौन्दर्यम चित्त नबुझेर महिलाहरु कोठी हटाउन लेजर सर्जरी पनि प्रयोग गर्छन् । यो एकदमै महंगो पर्न जान्छ ।

    विकिपिडीया लेख्छ, ”मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ र हामिले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल भनिन्छ । धुलिखेल अस्पतालमा छाला रोग विभागमा १० वर्षयता विभिन्न किसिमका लेजर प्रविधि प्रयोग हुँदै आएका छन्। अनुहारबाट मुसा वा कोठी हटाउन केहि आयुर्वेदिक उपचार विधी पनि छन्।”

    एलोबेरा जेलको प्रयोग गरी मुसा तथा कोठी हटाउन सकिन्छ ।

    कपास भिनेगरमा डुबाएर मुसामा लगाई १५ मिनेटपछि मनतातो पानीले अनुहार धुन पनि सकिन्छ । नियमित रुपमा यसो गर्दा कोठी र मुसा गायब हुन्छन् ।

    लसुनको पोटी बिचबाट काटेर कोठी वा मुसामा रगड्नुपर्छ । नियमित रुपमा यसो गर्दा कोठी र मुसा आफै हटेर जानेछन् ।

    बरको पातको रस मुसा र कोठीको उपचारका लागि निकै फाइदाजनक हुन्छ । यसबाट छाला मुलायम हुन्छ र मुसा झर्छ।

    चौतारामा सुस्ताउन पुग्दा बरको पात संकलन गरी यो विधी प्रयोग गर्न सक्नुहुन्छ । कपासको उनलाई प्याजको रसमा भिजाएर कोठी र मुसामा लगाउँदा पसिन कोठी कम हुँदै जान्छ ।

    राति सुत्नुभन्दा अगाडि बेकिङ सोडा कोठी र मुसामा लगाउँदा पनि यो हटेर जान्छ ।

    भद्धा देखिएको कोठी हटाउनको लागि अमिलो दहीले १० देखि १५ मिनेटसम्म मसाज गर्ने र अनुहार धुने गर्नुपर्छ ।

    ग्लिसरिन र गुलाब जलको नियमित प्रयोग अनुहारको चमक र कोठी गायब गराउने अचुक औषधी हो ।

    अनुहारको कोठी हटाउनका लागि काँचो आलुको टुक्राको प्रयोग पनि राम्रो मानिन्छ । यसले अनुहारमा निखार देखिन्छ ।

    केराको बोक्राको भित्री भाग कोठीमा राखि माथिबाट सफा कपडाले बाँधि रातभरि त्यत्तिकै राख्ने विधी नियमित गर्दा कोठी आफैँ झर्छ ।

    अनुहारभरि कोठी फैलिएको छ भने भुईँकटहरको जुस दिनको दुईतीनचोटि त्वचामा लगाउँदा पनि कोठी जान्छ ।

    राति सुत्नुअघि अनुहारमा स्याउको झोलले हलुका मसाज गरी रातभरि त्यत्तिकै राख्दा पनि यो हट्ने विश्वास गरिएको छ ।
    हरियो धनिया पिसेर लगाउँदा पनि मुसा नरम भएर झरेर जान्छ ।

    कोठीको उपचारका लागि अमिलो दहीले १० देखि १५ मिनेटसम्म मसाज गर्नुपर्छ ।

    मुसामा नेलपोलिस लगाएर केही बेरपछि सफा गर्ने । दिनमा २ ३ पटक यसो गर्दा मुसा झर्नेछ।

    अलिकति मह र सनफ्लावरको तेल मिसाएर नियमित कोठीमा लगाउँदा पनि यो हटेर जानेछ ।

    नगर्नुहोस् यस्तो गल्ती ! 
    विकिपिडीया नेपाली शब्दकोशले लेखेको छ अनुहारको पोतो, कोठीले हैरान भएकालाई रातारात सफा गर्नुपर्ने हतारो हुन्छ ।

    यस्तो फोहोर हटाउन कतिपयले लेजर प्रविधि प्रयोग गर्छन् । यो तरिकाले पोतो हटाउँदा छालाको नदेखिने बाहिरी पत्रसमेत फालिने गर्छ । छालाको पत्र जानु नै ठूलो गल्ती हो ।

    पुरानो छाला फालेपछि नयाँ लेयर देखा पर्छ र यो निकै संवेदनशील हुन्छ ।

    नयाँ लेयर विकसित हुन कम्तीमा २८ दिन लाग्छ । यो अवधिमा संवेदनशील छालामा घाम र फोहोरको असर बढी पर्न जान्छ ।

    आफूलाई सुरक्षित गर्न नसकेपछि संवेदनशील छालामा झनै पोतोलगायतका समस्या बढी देखिने खतरा रहन्छ । त्यसैले क्षणभरका लागि होइन, दीर्घकालका लागि समस्याको समाधान खोज्न मेलानिनलाई स्थिर राख्ने उपाय नै अपराउनु उत्तम हुन्छ ।

    सन प्रोटेक्सन क्रिमको नियमित प्रयोग तथा बाहिर निस्किँदा छाता ओढ्ने, टोपी र सनग्लास लगाउने गर्नुपर्छ ।

    घरभित्र बस्दा र बाहिर जाँदा सनप्रोटेक्सन क्रिम लगाउनै पर्छ । यसो हुँदा छालामा तिलकोठीले सताउन पाउँदैन ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…