• विराटनगर, २३ फागुन । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावकमध्येका अगुवा प्रदेश सांसद् टंक आङबोहाङले प्रचण्ड नेपाल समूह छाडेका छन् ।

    ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने उनी प्रदेश–१ नेकपा संसदीय दलका उपनेता हुन् । गत पुस १२ गते दर्ता भएको अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका थिए ।

    उनी साविकको माओबादीबाट निर्वाचित भएका थिए । उनले नेकपाको ओली समूहमा लागेको घोषणा गर्न भने बाँकी छ ।

    उनी प्रचण्ड नेपाल समूहको केन्द्रीय सदस्य समेत हुन् ।

    प्रचण्ड–नेपाल समूहसँग आफ्नो असहमतिी रहेको उनले बताउने गरेका छन् ।

    आफू पार्टी एकताको पक्षमा रहेको उनले बताएका छन् ।

    प्रदेश–१ का मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए ।

    उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।

    त्यसको केही समयपछि भने उपनेता आङबोहाङ प्रचण्ड–नेपाल समूहका सार्वजनिक कार्यक्रममा देखिन छोडेका थिए ।

    ‘सौतेनीको रिसले श्रीमानको काख भिजाउने काम प्रचण्ड र माधव कामरेडले गर्नु भयो,’ आङबोहाङले भने, ‘एउटा कम्यूनिस्ट प्रधानमन्त्रीलाई फ्याकेर कांग्रेसका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरा हुन सक्दैन ।’

    ‘पार्टी फुट्यो भने ओली र शेरबहादुरमध्ये एकलाई रोज्नुपर्ने हुन्छ,’ उनले भनेका छन्–‘त्यसबेला म ओली नै रोज्छु ।’

    गएको पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा नेकपाका ६७ मध्ये ३७ सांसदले हस्ताक्षर गरेका थिए । प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये आङबोहाङसहित ६ जना दाहाल–नेपाल समूह छोडेर ओली समूहतिर लागेका छन् ।

    अविश्वासको प्रस्ताव दर्ता गर्न अघि राजीनामा गरेकी सामाजिक विकासराज्यमन्त्री जसमाया गजमेरले केही दिनपछि हस्ताक्षर फिर्ता लिदै ओली समूहमै फर्किएकी थिइन् । उनीसँगै हस्ताक्षर गर्ने मध्येका झापाका श्रीप्रसाद मौनाली र गोपाल बुढाथोकी, उदयपुरकी कला घले, खोटाङकी उषाकला राई र मोरङकी बसन्तीदेवी यादव पनि दाहाल–नेपाल समूह छोडेर ओली समूहतिर आएका छन् ।

    गणितीय रूपमा प्रदेश सरकार ढाल्न वा जोगाउन ४७ जना सांसद् आवश्यक पर्छ । नेकपाका दुवै समूहले त्यो संख्या पु¥याउन सक्ने अवस्था छैन । यो प्रदेशमा कांग्रेसको सहयोग दुवै समूहलाई आवश्यक पर्छ ।

    (स्रोत ः इकागज अनलाइन)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …