• मोरङ । अन्तरराष्ट्रिय महिला दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरपालिकाले श्रमिक महिलाहरुलाई साइकल, लुगा सिलाइ मेशिन प्रदान गरेको छ । 

    नगरपालिकाले आयोजना गरेको १११ औं अन्तरराष्ट्रिय महिला दिवशको अवसरमा नगरका ६ जना श्रमजिवी महिलालाई सहयोगी समाग्रीसहित सम्मान गरेको हो ।

    नगरपालिका वडा नम्बर ३ की मनमाया अधिकारी, ६ की कल्पना चन्द्रवंशी र कौशिला मण्डललाई साइकल, वडा नम्बर ७ की रज्जु मगराती, ९ की लक्ष्मी झाँगड र १० की विमला दाहाल विष्टलाई सिलाई मेसिन र सम्मानपत्र प्रदान गरिएको हो ।  

    नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको सभातित्वमा भएको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, पथरी प्रहरी प्रमुख डीएसपी कृष्ण खड्का, महिला फेडेरेशन् नगर सहसंयोजक निर्मला राई, शिक्षक मनोरथ खरेल, इन्दिरा नेपाल सहितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

    कार्यक्रम नगर कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्यले सञ्चालन गरेका थिए भने मैनाकुमारी राई लिम्बूको स्वागत मन्तव्य रहेको राखेकी थिइन । 

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…