युबराज बाउन नेउपाने
जति रिसाए पनि
जति खुसाए पनि
मेरो मन भित्र को तिमी
तिम्रो मन भित्र को म
तिमी भित्र को म लाई कसैले टिपेर लगेनी
म छु नि नडराउन!
आखिर मैले उसलाइ लगेनी
उसले मलाइ लगेनी
हामी बिच पाहाडै खसेनी
किनारै नदेखिने समुन्द्र भएनि
म छु नि नडराउन!
मेरो तीन पुस्ता लाई तोरी को तेल सहित सुम्सुम्याउने
तिम्रा चिरा परेका हातहरु
तेहि तेल अनि मेरा हात को अनुभुत को पर्खाइ मा
सुकेका रुख का बोक्रा जस्तै तिम्रा कुर्कुच्चाहरु
कसैले नसुम्सुम्याए पनि
म छु नि नडराउन!
कहिले काहीँ
मन ले सम्झन्छु
कहिले काहीँ
आँखा ले तर्सिन्छु
आखिर नसम्झेको पनि होइन,सम्झेकै हो
आँखाहरु नतर्सिएका पनि होइन,तर्सेकै हो
अब त तिमी नै भनिदेउन
म छु नि नडराउन!
उसको नि माया लाग्छ
त्यसैले तिम्रो नि
तिम्लाइ त सिन्दुर हालेर ल्याएको
उन्लाइ त म भित्र को दम्भ ले पाएको
अब त तिमी नै भनिदेउन
म छु नि नडराउन!
न उस्लाइ त्याग्न सक्छु
न त तिमिलाइ
माफी माग्ने आट भैदिये हुन्थ्यो नि
यो सन्सार छाडी जाने लाई
अब त तिमी नै भनी देउ
म छु नि नडराउन!