•  


    मोरङ / मोरङमा बोक्सीको आरोपमा एक वृद्धा महिलामाथि निर्घात कुटपिट भएको छ । रतुवामाइ नगरपालिका–२ घर भएकी ६० वर्षीया महिलालाई छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ ।
    बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । शुक्रबार राति कुटिएकी वृद्धा महिलाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।
    प्रहरीका अनुसार वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेका थिए ।
    हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
    घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको राईले बताए ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…