विराटनगरमा सवारी दुर्घटनामा परी घाइते भएकी महिलाको पहिचान गर्न समस्या भएको छ । बुधबार विराटनगरको महेन्द्रचौक स्थित मदर एण्ड चाईल्ड अस्पताल अगाडी दुर्घटना हुँदा एक महिला गम्भिर घाइते भएकी थिइन् ।
घाइते महिलाको उपचारका लागि न्यूरो अस्पताल भर्ना गरिएको छ ।
तर गम्भिर अवस्थाकी महिलाको पहिचान नखुल्दा उपचारमा समस्या भएकाे छ ।विराटनगर बसपार्कतर्फ जाँदै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकले अन्दाजी ५५– ६० वर्षीय महिलालाई ठक्कर दिएको थियो । पहाडी समुदायको जस्तो देखिने महिलाको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।