• काठमाडौं । साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । लार्नाका शहरमा रहेको अर्थोडक्सौ इमप्लोमेन्ट ब्यूरो कम्पनीले नेपाली पुरुष र महिला गरी २० जना कामदारको माग गरेको हो ।

    कम्पनीले एग्रिकल्चरल, वर्कर र लेबरका लागि ५ जना परुष र १० जना महिला डेमस्ट्रीक वर्करका लागि ५ जना महिला कामदारको माग गरेको हो।

    २ वर्षे करार अवधि रहेको सो कामको योग्यतामा सम्बन्धित दक्ष हुनु पर्ने कम्पनीले जनाएको छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने र तलब खान बस्न सहित ४३ हजार देखि ६२ हजार पाउने विज्ञापनमा उल्लेख छ ।

    जान चाहने इच्छुक कामदारले रोयल इनटरनेशनल ओभरसिज प्रालि सामाखुसी काठमाडौंमा चैत्र ११ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    कम्पनीले स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने विज्ञापनमा जनाएको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…