उर्लाबारी । उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको छ । ४७ लाख रुपैयाँमा दमकल खरिद गरी ल्याएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताउनुभयो ।
जनप्रतिनिधि आएको ४ बर्षपछि उर्लाबारी नगरपालिकाले दमकल खरिद गरी ल्याएको हो । दमकल सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत छनौट गरिसकेको मेयर फागोले जानकारी दिनुभयो । आगलागीको घटनाबाट बर्षेनी ठूलो धनजनको क्षति ब्यहोरिरहेको बेला उर्लाबारी नगरपालिकाले नयाँ दमकल खरिद गरेको छ ।
उर्लाबारी आसपासको क्षेत्रमा आगलागीको घटना बढी रहेको बेला उर्लाबारी नगरपालिकाले दमकल खरिद गरेको हो । छिमेकी नगरपालिकाको दमकलको भर पर्नुपर्ने अबस्थाबाट अब उर्लाबारी नगरबासीहरुलाई मुक्ति मिलेको छ । यसैगरी अबको दिनमा आगलागीबाट हुने क्षति न्यूनिकरण हुने कुरामा स्थानीय बासिन्दाको अपेक्षा रहेको छ । केही समयअघि आगलागी हुँदा जनप्रतिनिधिहरुको आलोचनासमेत भएको थियो ।