• मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा आज(शनिबार) देखि नगर स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ ।

    प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले बताए ।

    भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री सम्बन्धलाई अझ प्रघाढ बनाउने, स्थानीय खेलाडीहरुको बिकास गर्ने उदेश्यले फुटबल खेलको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 

    प्रतियोगिताको ‘ए’ पोलमा वडा नम्बर १, ३, ४, ६, ९, बेलडागी ‘बी’ र आयोजक सीवाईसी भुटानी शरणार्थी शिविर शनिश्चरे रहेका छन् । ‘बी’ पोलमा वडा नम्बर २, ५, ७, ८, १० र भुटानी शरणार्थी शिविर शनिश्चरेका आयोजक ‘बी’ र बीवाईसी बेलडाँगी शिविर प्रतिष्प्रर्धा गर्ने भएका छन् । 

    भोली पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ र बेलडाँगी शिविर ‘बी’ टिमवीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ । 

    चैत्र २० सम्म हुने खेलमा बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक रबिन राईले बताए । खेलमा वडाबाट खेल्ने खेलाडि वडा बाहिर र शिविरबाट खेल्ने खेलाडि शिविर बाहिरको हुन नहुने आयोजन समितिले जनाएको छ । 

    कोभिड–१९ को प्रकोप सहजहुँदै जाँदा पथरीशनिश्चरे नगरमा यस अघि नगर स्तरीय लिगकम नकआउट फुटबल, शविरमा खुल्ला नकआउट फुटबल लगायतको प्रतियोगिता भएको थियो । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…