• अर्जुन जम्नेली राई


    मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा आज(शनिबार) देखि प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट–२०७७ शुरु भएको छ ।


    उद्घाटन खेलमा बेलडाँगी भुटानी शरणार्थी शिविर ‘बी’ टिमलाई ११–० को विशाल गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे वडा नम्बर–१ प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । 
    पथरी शनिश्चरे वडा नम्बर–१ ले पहिलो हापमा ३ र दोस्रो हापमा ८ गोल गरेका थिए । 


    पथरीशनिश्चरे १ का लागि मञ्जिल लिम्बू, फरेस लिम्बू, बिजय लिम्बू, रमेश लिम्बू, बिशाल पाण्डे, मञ्जील खड्का, रबिन राई, शन्तोष गुरुङ, अभय लिम्बूले १–१ र सञ्जय लिम्बुले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच पथरी शनिश्चरे वडा नम्बर १ का खेलाडी सञ्जय लिम्बू घोषित भए । 


    भोलीको खेल पथरीशनिश्चरे वडा नम्बर २ र ५ वीच प्रतिष्पर्धा हुने खेल आयोजक भुटानी शरणार्थी शिविर खेलकुद व्यबस्थापन समितिको संयोजक रबिन राईले बताए । 
    खेल उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे–३ का वडा अध्यक्ष डम्बर चेम्जोङ लिम्बू, १० को कार्यबाहक वडा अध्यक्ष मैनादेखि आचार्य, शिविर सचिव चम्पासिंह राई लगायतले शुभकामना मन्तब्य दिएका थिए । 

    प्रतियोगितामा नगरपालिकाको १० वडाबाट एक–एक गरी १०, भुटानी शरणार्थी शिविर शनिश्चरे र झापाको बेलडागीबाट दुई–दुई गरी १४ टिम सहभागी हुने आयोजक कुमारकृष्ण राईले बताए ।

    भुटानी शरणार्थी र स्थानीयवीचको मैत्री सम्बन्धलाई अझ प्रघाढ बनाउने, स्थानीय खेलाडीहरुको बिकास गर्ने उदेश्यले फुटबल खेलको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 
    चैत्र २० सम्म हुने खेलमा बिजेता टिमलाई ७५ र दोस्रो हुने टिमलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक रबिन राईले बताए । खेलमा वडाबाट खेल्ने खेलाडि वडा बाहिर र शिविरबाट खेल्ने खेलाडि शिविर बाहिरको हुन नहुने आयोजन समितिले जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…