• काठमाडौं – आर्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, फोहोर, मैलो भएका नोटहरू फिर्ता लिएर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो। जस अन्तर्गत बैंक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानी योग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू नेपाल राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्दछन् ।

    जनताले प्रयोग गर्ने नोट कत्तिको सफा छ भन्ने कुराले त्यस देशका जनताको चेतनाको स्तर तथा सभ्यताको चिनारी दिन्छ। यसैगरी, नोट विभिन्न किसिमका काम गर्ने मानिसको हातमा पुग्ने र एक हातबाट अर्को हातमा कारोबारको सिलसिलामा सर्दै जाने हुनाले नोटमा विभिन्न किसिमका रोगका किटाणु र फोहोर मैला पनि लागेको हुन्छ।

    सफा नोटको मात्र चलन चल्तीले पुरानो तथा मैला नोटको प्रयोगबाट स्वास्थ्यमा पर्न सक्ने असरलाई पनि कम गर्न सकिन्छ ।

    नोटको जतन कसरी गर्न सकिन्छ ? 

    नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौँ ।

    नोटमा केरमेट नगरौँ ।

    समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकोले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ।

    नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा लागत लाग्ने भएकोले नोटको जतन गरी छपाइ खर्च घटाऔं ।

    नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाऔँ।

    नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्य नगरौं ।

    नोटको हिफाजत गर्ने कुरा आपूm पनि मनन् गरौं र अरुलाई पनि सिकाऔँ ।

    नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौँ ।

    पूजा गर्दा अथवा कुनै काम गर्दा रङ लागेको तथा मैलिएका हातहरूले सकेसम्म नोट नछोऔँ ।

    टाँचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा यस्तो कार्य नगरौँ ।

    कारोबारको क्रममा शंकास्पद नोटहरू पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वाअन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौँ ।

    नोटलाई मठ मन्दिर वा पूजापाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रङ, अबिर, पानी, दूध, रगत आदि नपारौँ । बरू दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ ।

    नोटमा केरमेट नगर्न आग्रह

    नेपाल राष्ट्र बैंकले नोटमा केरमेट नगर्न आग्रह गरेको छ। टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको छ । त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न आग्रह गरेको हो । ‘नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजत गरौँ ।’ राष्ट्र बैंकले भनेको छ । त्यस्तै नेपाली नोटमा कुनै पनि बहानामा रङ लगाउने, लेख्ने, केरमेट गर्ने, नोटको आकार बिगार्ने जस्ता कार्य गरी दुरुपयोग गर्ने, गराउने माथि प्रचलित कानून बमोजिम कारवाहीको व्यवस्था गरिएको छ।

    यस्तो छ कानूनी कारवाही !

    फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन-२०७४ को मुद्रासम्बन्धी कसुर महलको दफा २ सय ६३ को उपदफा १ र २ मा नोट वा सिक्का जलाउन, गाल्न, च्यात्न वा नोटमा लेख्न नहुने उल्लेख गरिएको छ । सो ऐन अनुसार अधिकार प्राप्त अधिकारीको आदेशविना कसैले पनि मुद्राको रूपमा ग्राह्य भएको बैंक नोट वा सिक्कालाई जलाउन वा त्यसलाई काम नलाग्ने गरी गाल्न वा च्यात्न हुँदैन भन्ने उल्लेख गरिएको छ ।

    यस्तो कसुर गर्नेलाई उपदफा ३ अनुसार ‘उपदफा १ वा २ अन्तर्गतको कसुर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ भन्ने उल्लेख गरिएको छ ।

    यसको अर्थ नयाँ नोट च्यात्ने , बिगार्ने वा फोहोर गर्नेलाई ३ महिना जेल सजाय तथा ५ हजार रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …