•  

    मोरङ । मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को खेलमा ९ नम्बर वडा दोस्रो चरणमा प्रवेश गरेको छ ।

    आज भएको खेलमा ४ नम्बर वडालाई ३—१ गोल अन्तरले पराजित गर्दै ९ नम्बर प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । खेल बिजेता ९ नम्बर वडाको लागि घनश्याम चौहान, सेनेहाङ लिम्बूले पहिलो हापमा एक एक गोल गरेका थिए । दोस्रो हापमा सोही टिमका सेनेहाङ लिम्बूले गोल थपेका थिए ।

    खेलको अन्तिम समयमा ३ नम्बरका खेलाडि सनम अधिकारी एक गोल फर्काएका थिए । खेलको म्यान आफ द म्याच बिजेता ९ नम्बर वडाका खेलाडि घनश्याम चौहान घोषित भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि ४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको हातबाट नगद पुरस्कार प्रदान गरिएको थियो । भोलीको खेल नगरपालिका ८ नम्बर वडा र आयोजक भुटानी शरणार्थी शिविर खेलकुद समिति शनिश्चरेको ‘बी’ टिमवीच प्रतिष्पर्धा हुने खेल आयोजक समितिको संयोजक कुमार राईले बताए ।

सम्वन्धित समाचार

काठमाडौ । वैदेशिक रोजगारीको लागि युके पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५६ करोड बराबरको बजेट वि…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालत…

काठमाडौ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज (आइतबार) बिहान ११ बजे संसद भवन नया…