• अर्जुन जम्नेली राई


    मोरङ । टाउको हड्डी टुक्राटुक्रा हुने गरी कुटपिटमा परेका मोरङको पथरी शनिश्चरे नगरपालिका–८ गुराँस चोकका ४९ बर्षिय खड्गबहादुर तामाङ तीन दिनदेखि अचेत अवस्थामा उपचार भइरहको छ । 

    घट्ना शनिबार विहान करिव १ बजेको हो । खड्गबहादुर तामाङ गाउँमा छेवर खाएर साथीलाई पु¥याएर घर फर्केका थिए । घरबाट पुन साथीको घरमा जाने क्रममा स्थानीय गुराँस चौकमा तामाङ माथि कुटपिट भएको थियो । गाउँमा छेवर खाएर राति करिव ११ साथीकोहुँदै घर पुगेर पुन गाउँतिर निस्केका थिए । 

    यसैक्रम अपरिचत मानिसहरुको कुटपिटमा परी गुँरास चौकमा घाइते आवस्थामा फेला परेका थिए । चिर्पट, बाँस लगायतको लाठी प्रहारबाट तामाङको टाउँकोको हड्डी फुटेको अवस्थामा शनिबार राति १ बजे फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कृष्ण खड्काले बताए । 

    तामाङको विराटनगर स्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ । टाउँको अप्रेसन भएपनि सोमबार अपरान्हसम्म चेत नखुलेको विरामी हेर्न अस्पताल पुगेका प्रदेश १ का सांसद कुलप्रसाद लिम्बूले बताए । टाउँकोको हड्डी काम नलाग्ने गरी टुक्राटुक्रा भएको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उधृत गर्दै लिम्बूले जानकारी दिए । अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पथरीले सात जनालाई अनुसन्धनको लागि नियन्त्रणमा लिएको बुझिएको छ । कुटपिटमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको डीएसपी कृष्ण खड्काले बताए । 
     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…