• काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकामै पहिलो पटक सुविधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ ।

    कम्पनीका अनुसार सो दमकल नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त कार्यमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

    उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नगरपालिकाका अन्य पदाधिकारीको उपस्थितिमा आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा र नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्कीले एउटा दमकल हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले सुविधा सम्पन्न दमकल पाउँदा अत्यन्त खुसी लागेको बताए । आगलागीका घटना हुनासाथ नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी सावित हुने विश्वास लिएको बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …