• विराटनगर  - यसवर्ष रङ्गहरुको पर्व होली जमघट र भीडभाड गरेर समुदायमा नखेल्न जिल्ला सुरक्षा समिति मोरङले सबैमा अनुरोध गरेको छ । समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरस सङ्क्रमणको नयाँ लहरलाई मध्यनजर गर्दै होलीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको हो । कोरोनाको सङ्क्रमण समुदायस्तरमा फैलन नदिन यसवर्ष समुदायमा होली खेल्न रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

    जमघट र भीडभाड गरेर समुदायमा होली खेल्दा कोरोना सङ्क्रमण थप फैलने तथा त्यसले जनस्वास्थ्यमा गम्भीर असर पुर्याउने जोखिम बढेपछि होलीका सन्दर्भमा कडा निर्णय लिनु परेको उनको भनाइ छ । कोरोनाका कारण संसारभर नै कडाई भइरहेको र खुला सीमा रहेको छिमेकी मुलुक भारतमा व्यापक रुपमा सङ्क्रमण फैलन थालेपछि सुरक्षा समितिले होली समुदायमा मनाउन रोक लगाएको हो ।

    प्रजिअ निरौलाका अनुसार यसवर्ष परिवारका सदस्यबीचमा स्वास्थ्य मापदण्ड अपनाएर मात्रै होली मनाउन बैठकमार्फत सबैमा अनुरोध गरिएको छ । त्यस्तै होलीका अवसरमा मेला तथा विभिन्न कार्यक्रम र जमघट गर्न रोक लगाइएको उनको भनाइ छ । नियमको पालना नगरिकन जबरजस्ती गरेमा प्रचलित कानुन अनुसार कारबाही हुने निरौलाले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …