• मोरङ । हिरासतमा लिइएको मोरङ कानेपोखरी–२ का ४७ बर्षिय बुदन चौधरीको इलाका प्रहरी कार्यालय पथरीमा कुटपिटहुँदा किड्निै समस्या आएको उनको परिवारले जनाएको छ । 

    घट्ना २०७७ चैत्र १५ गते देखिको हो । बुदन चौधरी १६ गते यौन हिंसाको आरोपमा प्रहरी नियन्त्रणमा परेका थिए । इलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेका चौधरीको दाहिने कानको माथिल्लो भागको कपाल उखेलिएको छ । जवरजस्ति कपाल तानिएको करण त्यहाँ चोट देखिन्छ । 

    बेलाबेला अचेत हुने चौधरीको हिप (चाक) र त्यस माथिल्लो भागमा रगत जामिएको डमहरु रहेको छ । प्रहरीको पिछाइबाट घाइते चौधरीलाई २१ गते प्रहरीले नै उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको लागि भर्ना गरेका थिए । 

    मंगलबारे अस्पतालले विराटनगर स्थित कोशी अस्पतालमा रिफर गरेपछि आज (चैत्र २६) गतेसम्म त्यही उपचार भइरहेको छ । अस्तालको बेडमा रहेको चौधरी बेलाबेला झस्किने र बेहोसमा जथाभावी बोल्ने समस्या अझै रहेको पत्नि शान्ति चौधरीले बताइन । 

    प्रहरीले नियन्त्रणमा लिएको चार दिनसम्म बुदन चौधरीमा समस्या थिएन । पत्नि शान्ति इलाका प्रहरी कार्यालय पति भेट्न जाँदै आउँदै गर्थिन । २० गते चौधरीलाई प्रहरीले कुटपिट गरेर मरनासन्न बनाएको शान्तिको भनाइ छ । सधै भेट्ना जाँदा पारिवारिक र ब्याबहारिक कुराकानी हुन्थ्यो । २० गते अपरान्ह जाँदा ऐया, ऐया भनेपछि प्रहरीबाट कुटपिट भएको थाहा पाएको शान्तिको भनाइ छ । 

    चैत्र २१ गतेबाट बुदन चौधरीको उपचार भइरहेको छ । कन्सिरीको कपाल उखेलिएको चोट, हिप (चाक) र ढाडमा निलडाम भएका चौधरीलाई अस्पताल पु¥याइएपनि दुई दिनसम्म आवश्यक औषधी नचलाएको परिवारको आरोप छ । प्रहरीले औषधी नकिनिदिएपछि पाँच हजारको औषधी आफै किनेको उनले बताइन । 

     प्रहरीले अमानवीय रुपमा कुटपिट गरेर घाइते बनाएको मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि मात्र औषधी चलाउन थालेको घाइते चौधरीको ज्वाई हरी चौधरीको भनाइ छ । 
    मानव अधिकारवादी संस्थामा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मोरङको प्रवक्ता डीएसपी मानबहादुर राईको संयोजकत्वमा अनुसन्धान (छानविन) समिति गठन भएको छ । डीएसपी राई इलाका प्रहरी कार्यालय पथरी आएर सोधखोज गरेर फर्केका छन् । 

    प्रहरीले भने कुटपिट गरेको कुरा अस्वीकार गर्दै आएको छ । सो घट्ना हुनु पूर्ब इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्का घर विदामा गएका थिए । इलाका प्रहरीमा इन्स्पेक्टर अनिलकुमार पौडेल निमित्त प्रमुख थिए । तत्कालीन निमित्त प्रमुख पौडेलले बुदन चौधरीलाई कुटपिट नगरेको थुनुवाहरुसँग झगडा भएर निलडाम भएको बताउछन् । 
    घाइते बुदन चौकरीको पत्नि शान्ति चौधरी भने सो कुरा मान्न तयार छैनन । यतिको निलडाम हुने गरी, केश उखेलिन्जल अस्पतान भर्नाहुने गरी थुनुवा झगडा नहुने र भएपनि सुरक्षा गार्डले छुटाउनु पर्ने तर्क गर्दै पतिलाई बाहिर निकालेर मरनासन्न हुने गरी कुटपिट भएको दावी गर्छिन । 

    आफ्नो परिवार गरिव भएको कारण आवश्यक सहयोग नपाएको उनको गुनासो छ । कुटपिटमा संलग्न प्रहरीलाई छानविन गरी कडा कारबाही र पतिको पूर्ण उपचार हुनुपर्ने शान्ति चौधरीका माग रहेको छ । 

    घट्नाको छानविन समितिको संयोजक डीएसपी मानबहादुर राईले बुदन चौधरी नसालु पदार्थ सेवन गर्न नपाएपछि अर्धचेत अवस्थामा थुनुवाहरुलाई कुटपिट गर्न थालेपछि हिसासत भित्रै हातकडी लगाएर राख्नु पर्ने अवस्था आएको बताए । 

    चैत्र २० गतेदेखि रातभर कराउने, गाडिको ब्रेक लगाएको भन्दै अन्य थुनुवालाई लात्तले हान्ने, कुटपिट गर्न थालेपछि चौधरीलाई थुनुवा कोठा मै हातकडी लगाएर राखिएको अनुसन्धानको क्रममा बुझेको जिल्ला प्रहरी प्रबक्ता मानबहादुर राईको भनाइ छ । 

    कोशी अस्पताल विराटनगरमा उपचार गर्ने क्रममा बुदन चौकरीको किड्नि (मृगौला)मा समेत समस्या देखिएको छ । प्रहरीकै पिटाइबाट मृगौलामा समस्या आएको बुदनकी पत्नि शान्ति र ज्वाइ हरी चौधरीको भनाइ छ । उनीहरुले प्रहरीको हिंसामा परेका बुदन चौधरीको पूर्ण उपचार गर्न माग गरेका छन् । 
    कुटपिट वा घाउचोटबाट मृगौलामा समस्या आउछ कि आउदैन भन्ने सवालमा एक जना स्वास्थ्य कर्मीले कुटपिटबाट किड्निमा समस्या आउन सक्ने बताएका छन् । पीडित चौधरी परिवारको आरोपमा प्रहरी सहमत नभएपनि बुदन चौधरीको शारीरिक अवस्था हेर्दा कसैन कसैले योजनाबद्ध रुपमै कुटपिट भएको देखिन्छ । 

    चौधरीलाई १२ बर्षिय बालिकाको कल, मिस्कल

    बुदन चौधरी बस चालक हुन् । उनले एउटा निजी स्कुलको बस चलाउने गर्दथे । कक्षा ४ मा पढ्ने आफ्नै १२ बर्षिय छोरीकी साथीले शुरुशुरुमा अनआवश्क रुपमा अंकल कहाँ हुनुहुन्छ भनेर फोन गर्न थालिन । अर्कै स्थानीय तहकी ती बालिकाले चौधरीलाई दैनिक मिस्कल गर्न थालिन । त्यसपछि बुदन चौधरीले ३७ बर्षिय पत्नि शान्तिलाई सो कुरा सुनाए । 
    बुदन चौधरीले करिव दुई महिना अघि बस चलाउन छाडेर अटो रिक्सा निकालेर चलाउन थालेका थिए । ती बालिकाले फोन गरेर अनआवश्यक रपमा जिस्काउने र मिस्कल गरेर हैरान पारेको बुदनको भनाइ छ । ८–९ महिनादेखि निरन्तर कल, मिस्कल गर्न थालेपछि बुदनकी पत्नि शान्तिले ती बालिकालाई सम्झाए पनि बानी नछाडेको उनको भनाइ छ । पछिल्लो समयमा त आफ्नौ छोरीको साथी ती बालिकाले बिहेको प्रस्ताव नै गर्न थालेको चौधरीको भनाइ छ । 

    अटो रिक्सा हाकिरहेको बेला अनआवश्यक कल गरेर दुःख दिइरहेपछि चैत्र १५ गते घरैमा गएर ती बालिकाले चलाउने दुबै मोबाइल सेट खोसेर ल्याए र पत्नि शान्ति चौधरीलाई दिए । बालिकाको बाजु बिहानै आएर शान्तिबाट दुबै मोबाइल सेट लिएर गइन । 

    बालिकाको बजु गएको केही बेरमा बालिकालाई सम्झाउन भनेर बुदन चौधरी पनि सो गाउँमा गएका थिए । त्यो गाउँबाट बुदनकी पत्निलाई शान्तिलाई मुद्धा मिलाउन पाँच हजार लिएर आउनु भन्ने फोन आयो । साथमा पैसा थिएर गाउँमा खोजेर पाँच हजार लिएर पुग्दा पति बुदनलाई प्रहरीले भेनमा चढाइ सकेको शान्तिको भनाइ छ । 

    घाइते चौधरीलाई यौन दुब्याबहारमा मुद्धा 

    पतिलाई रमाइलो प्रहरी चौकीको भेनमा चढाएर लगेपछि पत्नि शान्ति पनि प्रहरी कार्यालय पुगिन । केही समयमै बुदनलाई इलाका प्रहरी कार्यालय पथरी लगियो । इलाका प्रहरीमा पतिको लागि खाना लिएर जाँदै गरेकी शान्ति पक्राउ परेको चार दिनपछि पतिको होस हराउने गरी कुटपिट गरिएको बताउछिन् । 

    बुदन चौधरीलाई यौन हिंसा सम्बन्धी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताए । बुदनकी पत्नि शान्ति चौधरीले भने अपराध गरेको प्रमाण भए कानुन बमोजिम कारबाही गर्न खुल्ला हुदाहुँदै मरनासन्न हुने गरी, अझ मृगौलामै समस्या आउने गरी कुटपिट गर्न मिल्छ ? प्रस्न गर्छिन । पीडित शान्ति चौधरीले पटक पटक दोहो¥याइन अपराध गरेको भए पतिलाई कारबाही होस तर थुनुवाको रुपमा रहेको पति बुदनलाई गैर कानुनी रुपमा कुटपिट गर्ने प्रहरीलाई छानविन गरी कडा कारबाही होस । घाइते पतिको पूर्ण रुपमा उपचारको ब्यवस्था मिलाइयो । 
     

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …