• काठमाडौं, २७ चैत । माओवादी केन्द्रले सांसद पदबाट हटाएका ४ मन्त्रीलाई पुन नियुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी र शहरी विकास मन्त्री प्रभु साहलाई साविककै मन्त्रालयमा पुन नियुक्ति दिएका हुन् ।


    यस्तै सरकारले नेपाल भारत रेल सेवा सम्झौतामा संशोधन गर्ने गरी तयार गरिएको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । गएको चैत २० गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


    यस्तै सरकारले सिन्धुपाल्चोक जिल्लाको पाङ्गताङ्ग सवस्टेशनदेखि बाह्बिसे सवस्टेशनसम्म झण्डै २० किलोमिटर डबल सर्किट बलेफी–बाह्रबिसे १३२ केपी प्रशारण लाइनको टावरहरु निर्माण गर्न जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिकामा पर्ने १ दशमलव २७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    यस्तै गएको चैत २३ गते बसेको बैठकले शान्तिपूर्ण आन्दोलनको क्रममा शहादत प्राप्त गरेका झापा जिल्ला कन्काई नगरपालिका वडा नं ३ का डिल्ली गौतम र झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं ६ का स्व लक्ष्मी पाण्डेलाई शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…