• काठमाडौं, २७ चैत्र । नयाँ सरकार बनाउनेबारे छलफल गर्न बसेको कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपाल तीन दलको बैठक सम्पन्न भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउनेबारे देउवाले प्रस्ताव राखेका थिए । देउवाको प्रस्तावमा बैठकमा सहभागी सबै नेताहरुको सहमति थियो ।


    बैठकमा देउवाले जसपाले अघि सारेका सबै माग पूरा गर्ने विश्वास दिलाएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार आजको बैठकमा कांग्रेस सभापति देउवाले आफूले सरकारको नेतृत्व लिने र यसको लागि तीन दलबीच लोकतान्त्रिक गठबन्धन बनाऔं भन्ने प्रस्ताव राखेका थिए । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफूहरुलाई केही समय दिन माग गरेका थिए ।

    आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नुपर्ने धारणा राखेका थिए । दाहालले जसपाले अघि सारेका सबै माग पूरा गरिने भन्दै ओलीसँग भन्दापनि आफूहरु नै मिलेर जानुपर्ने धारणा राखेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…