• कैलालीको कर्णाली चिसापानी पुलबाट  एक युवक बेपत्ता भएका छन्। जिल्लाको लम्किचुहा नगरपालिका–२ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। 


    उनले शनिबार दिउँसो कर्णाली पुलबाट हाम फालेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षीय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा–१ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसँगै नदीमा हाम फालेका १७ वर्षीय वीरेन्द्र सिंहको अवस्था भने सामान्य छ। 


    उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। उनीहरू शनिबार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ। चिसापानीको पुलमा टिकटक बनाउनेको भीड दैनिक भीड लाग्ने गर्छ। तर उनीहरुले भिडियो नबनाएका प्रहरीले बताएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …