काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका नेताहरुले अवसर भन्दा भविष्य हेरेर एमाले प्रवेश गरेको जिकिर गर्नुभएको छ ।
माओवादीका सांसद र मन्त्रीहरुले पद त्याग गर्दै एमाले प्रवेश गर्नुलाई पोखरेलले अवसर छोडेर भविष्य हेरेको रुपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ ।
पोखरेलले फेसबुकमा यस्तो लेख्नु भएको छ ‘प्रदेश २ मा ४ जना प्रदेश सभासदले माओवादी किन छोडे ? भनेर प्रश्न गर्नुभएको छ । सुपमा मन्त्रीले राजिनामा दिएर एमाले किन रोजे ? यहाँ अवसर होइन भविष्य प्रमुख बन्यो ।’