• विराटनगर / विराटनगर –८ बलुवाईमा छोराले आफ्नै बाबुको हत्या गरेका छन्।


    शनिबार राति ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको मोरङ प्रहरीले जनाएको छ । माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले बाबु विकोको हत्या गरेका हुन् ।

    स्थानीय बासिन्दाका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे। राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेपछि रविले बन्द गर्न आग्रह गरेको विषयलाई लिएर बाबु र छोराबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ।

    धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको ठोक्किएर घाइते भएका थिए। उनको घाँटीमा भाटाले छेडेको चोट छ। घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पुर्‍याइएका विकोलाई राति ११ बजे चिकित्सकले मृत घोषित गरेको जनाइएको छ ।घटनापछि उनका माइलो छोरा रवि फरार बनेका छन्। उनको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…