बर्दिबास
नेकपा (एमाले) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले महाेतरीकाे बर्दिबासका स्थानिय मगर समुदायका युवाहरूसँग राजनीतिक सम्बाद गरेकाछन् ।
बिहिबार एक कार्यक्रमबिच एमाले नेता बलम्पाकीले मगर युवाहरूसँग राजनीतिक सम्वाद गरेका हुन् ।
माअाेवादीले एक्काईँसाै सताब्दिकाे जनवाद र एमालेले जनताकाे बहुदलिय जनवाद छाेडेर जनताकाे जनवादकाे बाटाे तय गरिएकाे थियाे , नेता बलम्पाकीले सम्बादका क्रममा भने , सर्बाेच्च अदालतकाे निर्णयले हामी प्राविधिक रूपमा एमाले भयाैँ ।
प्रधानमन्त्री केपी शर्माअाेलीले भारततले हस्तक्षेप गरेकाे भुभाग समेटेर नक्शा जारी गरेपछि प्रचण्ड र माधव नेपालले अाेली बिरूद्व षड्यन्त्र गरेपछि बाध्यात्मक स्थितीले संसद बिघटन गर्नु परेकाे बताउँदै नेता बलम्पाकीले भने , ताजा जनादेशमा जाउँ भन्दा प्रचण्ड र माधव नेपाल समूहले प्रतिगमन भयाे भनेर भ्रम छरे ।
मगर समुदायका युवाहरू राजनीतिक नेतृत्वमा अाउनुपर्नेमा बलम्पाकीले जाेड दिए ।
कम्युनिष्ट राजनीतिमा लामाे पृष्ठभुमी बाेकेका नेता बलम्पाकी माअाेवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलकाे नेतृत्वमा एमाले प्रबेश गरेका हुन् ।