•  जनकपुरधाम, २८ पुस 

    प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ । 

    मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

    यो पदका लागि सर्लाहीका सतार अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशंकर साहलाई सिफारिस गरिएकाे थियाे । जसमध्ये सबैभन्दा बढी अनुभवी रहेको आधारमा अन्सारीलाई नियुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । अन्सारी युएनमा काम गरिसकेका छन् ।

    विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई अहिले प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्रको रूपमा रहेको प्रदेश सरकारको मातहतमा ल्याइएको छ । अनुसन्धान केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने भएकाले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारीसमेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएकाे छ ।
     

सम्वन्धित समाचार

नेकपा एमालेको ओली पक्षमा लागेपछि रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट…

बर्दिबास नेकपा (एमाले) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले महाेतरीकाे बर्दिबासका स्थानिय मगर समुदाय…

लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका छन् । &nbs…

प्रदेश नं २ सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारले आफ्नो तीन वर्षको कार्यप्रगति विवरण सोमबार सा…