• विराटनगर .  विराटनगरको मुख्या नाका जोगमनी बन्द छ । कोरोना सङ्क्रमण जोखिमका बीच गत वर्षदेखि बन्द नाका सञ्चालनमा आएको छैन ।


    केही समय पहिला नाका सञ्चालन गर्न स्थानीयले आवाजसमेत उठाएका थिए । उनीहरूले खुला नाकाबाट हुने आवत–जावत रोकेर मुख्य नाका सञ्चालन गर्न दबाब दिएका थिए । तर चोरबाटोबाट हुने आवत–जावत पनि रोकिएन मुख्य नाका पनि सञ्चालन भएन ।

    पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दर दैनिक बढिरहेको छ । सरकारले सीमा नाकामा कडाइ गर्न निर्देशनसमेत दिएको छ । प्रशासनले कडाइ गरिरहेको बताउँदै पनि आएको छ । तर चोरबाटोको प्रयोग गरेर नेपाल–भारत आवत–जावत गर्नेको लर्को भने रोकिन सकेको छैन ।

    लकडाउनको समयमा पनि प्रहरीको मिलेमतोमा खुला नाकाबाट मानिसहरू आवत–जावत नरोकिएको भन्ने समाचारहरू बाहिरिरहेका थिए । अहिले पनि प्रहरीकै मिलेमतोमा मानिसहरु चोरबाटोको प्रयोग गर्दै आवत–जावत गरिरहेको सीमा नाकाका स्थानीयले बताए ।

    विराटनगर दरैयाका एक जना स्थानीयले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरीकै मिलेमतोमा आवत–जावत भइरहेको छ, यहाँ फोटो खिच्नसमेत दिँदैन प्रहरीले, कसैले खिचेको थाहा पाए डिलिट गरिदिन्छन्, प्रहरीसँगै अन्य व्यक्तिहरूले पनि सघाइरहेका छन् ।’

    विराटनगरको मटिहर्वा, दरैयालगायतका खुला नाकामा दैनिक हजारौँ मानिस आवत–जावत गरिरहेका हुन्छन् । मुख्य नाकामा हेल्प डेक्सको स्थापना गरिएको छ । तर त्यहाँबाट १० जना पनि मानिस आउँदैनन् । खुला नाकामा भइरहेको असुरक्षित आवत–जावतलाई नियन्त्रण गर्न बसेको प्रहरी प्रशासन नै मूकदर्शक भएको देखिन्छ ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…