• एक वर्षको सन्त्रासबीच करिब–करिब नियन्त्रणमा आउन लागिसकेको कोरोना भाइरसको महामारी फेरि एकाएक कहर बन्दै गइको छ । अहिले सबैभन्दा बढी प्रभावित भारत बनेको छ ।
    जहाँ दैनिक लाखौंको संख्यामा कोरोना संक्रमितहरु भेटिन लागेका छन् । सबैभन्दा बढी भारतको मध्यप्रदेश प्रभावित बनेको छ ।


    सरकारले भोपालपछि ग्वालियरमा सात दिने लकडाउन लगाउने निर्णय गरेको छ । ग्वालियरमा १५ अप्रिल बिहान ६ बजेदेखि अप्रिल २२ सम्म लकडाउन रहनेछ । संक्रमितको संख्या बढ्न थालेसँगै राज्यमा दैनिक अत्यावश्यक शंसाधनको कमी हुन थालेको छ । इन्डोर, भोपाल, जबलपुर र ग्वालियरमा मशानघातमा अन्तिम संस्कारका लागि पनि पालो कुर्नुपर्ने अवस्था छ । एउटा चिता चिसो नहुँदै अर्को शवलाई अन्तिम संस्कार गर्न थालिएको छ ।

    यी चार ठूला सहरमा गत २४ घण्टाको अवधिमा करिब ४१ हजार एकसय ३६ नयाँ संक्रमित भेटिएका छन् । जहाँ २१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी इन्डोरमा १५ हजार ५ सय ५२ नयाँ संक्रमित भेटिए भने ६ जनाको मृत्यु भएको छ ।यस्तै, भोपालमा १४ हजार चारसय ५६ नयाँ संक्रमित फेला परेका छन् भने पाँच जनाको मृत्यु भएको छ । ग्वालियरमा भने ५७७ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

    ग्यालियरमा संक्रमणदर सबैभन्दा बढी ३३ प्रतिशत, भोपालमा २८ प्रतिशत छ । जबलपुरको चौहानी मसानघाटमा सोमबार ३० कोरोना संक्रमितको शवको अन्त्येष्टि गरिएको छ । प्रशासनका अनुसार दुई दिनमा ८ जनाको मृत्यु भएको छ । साथै दुई संन्दिग्ध कोरोना संक्रमितको अन्तिम संस्कार गरिएको छ ।

    कैयौं शव मेडिकल कलेजसमेत निजी अस्पतालमै राख्नु परेको छ । मोक्ष संस्थाका आशीष ठाकुरका अनुसार एक चिता जलाइसकेपछि अर्को शव राख्नका लागि चिता सेलाउन आवश्यक हुन्छ । तर, चौहानी मसानमा एक चिताको आगो ननिभ्दै अर्को चिता सजाउनु आवश्यक परेको छ ।

    भोपालको भदभदा विश्राम घाटको पनि यही अवस्था छ । सोमबार यहाँ ४१ संक्रमितको शव पुगेको थियो । शव जलाउनका लागि ठाउँ नै थिएन । जल्दै गरेको चिताको नजिकै अर्को चिता सजाइएको थियो । इन्डोरका पाँच मसानमा १२ दिनको अवधिमा ९९० शव अन्त्येष्टि गरिएको छ ।

    जसमा ३१९ कोरोना संक्रमित थिए । यहाँ पनि अन्तिम संस्कारका लागि पालो कुर्नुपर्ने बाध्यता छ । यस्तै जबलपुरमा कर्फ्यू र लकडाउन लगाए पनि कुनै फाइदा भएको छैन । सोमबार पाँचसय ५२ नयाँ संक्रमित फेला परेका थिए ।

    जहाँ चार जनाको मृत्यु भयो । तर, चौहानी मसानघाटको अवस्था भने अलगै थियो । यहाँ शव जलाउनका लागि ठाउँ पनि थिएन । मानिसहरुलाई शव जलाउन घण्टौं पालो कुर्नुपरेको थियो । सोमबार मात्रै यहाँ ३० संक्रमितको शव जलाइएको थियो । एजेन्सी

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…