• काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौको ७ देखि १० गतेसम्म तय गरेको छ । नयाँ नेतृत्व चयन गर्ने भएकाले नेताहरु नेतृत्वमा पुग्न लागिरहेका छन् । 

    नेताहरु महाधिवेशनबाट नेतृत्व हत्याउन जिल्ला जिल्लामा दौडिरहेका छन् । नेतृत्वमा पुग्न भन्दै महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, प्रकाशमान सिंह र उपसभापति विमलेन्द्र निधि पनि जिल्ला जिल्लामा गइरहेका छन् ।

    तर, पार्टीले नेपालको संविधान २०७२ अनुसार शासकीय स्वरुप अन्र्तगत संगठन समायोजनको काम नसक्दा केही जिल्लामा महाधिवेशन प्रयोजनार्थ क्रियाशील सदस्यताको फाराम पुग्न सकेको छैन । 

    महाधिवेशन सम्पन्न गर्न आवश्यक पर्ने कार्य गर्नतर्फ कसैको ध्यान गएको देखिन्न ।

    शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनलाई आवश्यक पर्ने निर्णय गर्ने भनिएपछि आफ्नै नेतृत्वमा सरकार बनाउने पहल मात्रै कांग्रेस बैठकले गरेको छ ।

    पछिल्लो समय सभापति शेरबहादुर देउवा परिपक्व रुपमा प्रस्तुत भएका छन्, नेपाली राजनीतिमा । धेरैले प्रतिनिधिसभा विघटन भएपछि आक्रामक आन्दोलन गर्नुपर्छ भनेर सुझाएका थिए ।

    तर, देउवाले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा प्रवेश गरेकाले अदालतको निर्णय प्रक्रियामा हस्तक्षेप गर्न हुन्न भनेर अलोकतान्त्रिक र असंबैधानिक भन्दै सभ्य आन्दोलन गरे ।

    उनले सर्वोच्चले संविधान अनुरुप निर्णय गर्छ भन्दा धेरैले पत्याएका थिएनन् । अदालतले देउवाकै भनाइ अनुरुप निर्णय गर्यो । 

    ११ फागुनमा प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि धेरैले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरेन भने ।

    देउवाले भने परिस्थिति परिपक्व नभइ आफू सत्ताको नेतृत्व हत्याउन अग्रसरता नलिने बताए ।

    आफ्नै नेतृत्वमा सरकार बनाउन अग्रसरता लिन आग्रह गर्न गएका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि पहिला ओलीलाई दिएको समर्थन फिर्ता लिएर मात्रै आफूसँग सत्ता सहकार्यको कुरा गर्न आउन आग्रह गरे । त्यस्तै जनता समाजवादी पार्टी (जसपा)लाई पनि दोधारे चरित्र त्याग्न आग्रह गरे । 

    त्यसले देउवाप्रति आम नागरिक र पार्टी कार्याकर्ता सम्मान बढेको छ । उनका प्रतिष्पर्धी रामचन्द्र पौडेल र कोइराला परिवारको प्यारपारे बोली र निर्णय क्षमता नभएका कारण सम्मान घट्दै गएको छ । 

    कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर जिल्ला जिल्लामा गइरहेका छन् । तर, उनीहरुसँग जति नेता हुन पर्थ्यो, त्यति देखिएका छैनन् ।

    किनकि उनीहरुसँग उनीहरु बाहेक मुस्कीलले ५ केन्द्रीय सदस्य पछि लाग्छन् । तर, यो अवधिमा देउवा केही जिल्लामा पुगेका छन् ।

    तर, उनीसँग दुई दर्जनबढी नेताहरु जान्छन् । त्यसले कार्यक्रमको शोभा मात्रै बढाएको हुन्न, नेता कार्यकर्तामा हौसला पनि थपेको हुन्छ । 

    अर्को, कोइराला परिवारका नेताहरु राष्टिय राजनीतिमा अपडेट नहुने मात्रै होइन, पहिलो दिन के बोलेको थिए भनेर दोस्रो दिन नै बिर्सिन्छन् ।

    अघिल्लो दिन आफूले बोलेको कुरा पछिल्लो दिन आफैले काटेका हुन्छन् । यसले कार्यकर्तामा उनीहरुप्रतिको विश्वास घट्दै गएको छ । जुन देउवाका लागि सहज हो । 

    अर्को प्रशनालिटी र अन्य दलसँग आफ्ना धारणा राख्ने विषयमा पनि देउवा धेरै बोल्दैनन्, आफूले बोलेको कुरा कहिल्यै काट्दैनन् ।

    र, बोलेको विषय जसरी भएपनि कार्यान्वयन गराएरै छोड्छन् । आफ्नो पक्षमा लाग्नेलाई कुनै न कुनै बेलामा एउटा न एउटा ठाँउमा पुर्याएरै छोड्छन् । यसले पनि धेरै देउवाको पक्षमा लाग्नेहरु बढेका छन् ।

    १३ औं महाधिवेशनमा पौडेल समूहबाट निर्वाचन लडेर जितेका गोविन्द भट्टराई, आनन्द ढुंगानालगायतका नेताहरु अहिले देउवातर्फ गएका छन् ।

    देउवाले नै सूर्यबहादुर थापा पुत्रसहितका नेताहरुलाई कांग्रेसमा भित्रयाएका छन् । यसले पनि देउवा बलियो बन्दै गइरहेका छन् । 

    यता कोइराला परिवार भने नेतृत्वमा पुग्ने भनेर त बताइरहेका छन् । तर, उनीहरुबीच नै मतैक्यता छैन, को नेतृत्वमा लड्ने भनेर महामन्त्री शशांक र नेता शेखर दुवैले सभापतिको तयारी गरिरहेका छन् ।

    यसले पनि कार्यकर्ता अन्यौलमा परेर संस्थापन पक्षमा धारणा बनाउन लागिसकेका छन् । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…