• काठमाडौं । यता देशमा राजनीतिक अस्थिरता र अन्योलमा बढिरहेकै बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ दिल्लीले रातो कार्पेटमा स्वागत गरेको छ ।

    भारतको उत्तराखण्डस्थित हरिद्वारमा जारी महाकुम्भ मेलामा विश्व हिन्दू सम्राटको हैसियतमा पूर्वराजा ज्ञानेन्द्रलाई आमन्त्रण गरिनु अर्थपूर्ण छ ।

    चैत २६ गते नयाँ दिल्ली प्रस्थान गरेका पूर्वराजा ज्ञानेन्द्र तीन दिन नयाँ दिल्ली बसेर नयाँ दिल्लीबाट हेलिकोप्टरमा शनिबार देहरादून हुँदै ऋषिकेश पुगेको स्रोतले बताएको छ ।

    पूर्वराजा ज्ञानेन्द्रको हेलिकोप्टरलाई स्कर्टिङ गरेर देहरादून लगेको घटनाले पनि पूर्वराजा ज्ञानेन्द्रको यस भ्रमणलाई भारतले विशेष महत्व दिएको बताइन्छ ।

    चैत ३० गते बिहान पूर्वराजा ज्ञानेन्द्रको हरिद्वारमा शाही स्नान गराउने कार्यक्रम सम्पन्न भएको एभिन्यूज टेलिभिजनले बताएको छ ।

    उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र आरएसएसका प्रमुख मोहन भागवतलगायतका भाजपाको नेताहरुको सहभागी हुने बताइए पनि मोदी अनुपस्थितथ भएका छन् ।

    यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाइको सरकार ढल्न, सर्वोचच अदालतबाट एमाले, माओवादीको एकीकरण रद्द गर्नु र प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक नयाँ जनादेशमा जाने कुरा दोहोर्याइरहनु, उता यही मौकामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विश्व हिन्दू सम्राटको उपाधि दिएर बोलाउन संयोग मात्र होइन, नियोजित षड्यन्त्र हो भनेर बुझ्नुपर्ने हुन्छ ।

    मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिरहेकै बेला भारतीय प्रधानमन्त्री मोदी यो संविधानप्रति असन्तुष्ट थिए । र, त्यसलाई रोक्न तत्कालीन भारतीय विदेशसचिव एसके जयशंकरलाई विशेषदूतका रुपमा नेपाल पठाएका थिए ।

    भारतीय असन्तुष्टिका बाबजुद नेपालको संविधान जारी भयो । त्यसलगत्तै भारतीय नाकाबन्दी खेप्नुपर्या् । यस घटनाबाट भारतीय संस्थापन पक्ष यो संविधानप्रति असन्तुष्ट थियो भन्ने बुझिन्छ ।

    त्यही असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर यो संविधानलाई कागजको खोस्टोमा परिणत गर्ने दुष्प्रयास गरे । तर, प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनेर फागुन ११ गते खारेज गरिदियो ।

    फेरि पनि कम्युनिस्टकै सरकार बन्ला कि भनेर सर्वोच्च अदालतमार्फत फागुन २३ गते नेकपा विघटन गराइयो । अब संसद्मा कम्युनिष्टको बहुमत भए पनि कम्युनिस्टको सरकार बन्ने सम्भावना छैन । गैरकम्युनिस्टको सरकार पनि बन्न सकेको छैन । जसमा भारत निकट जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो बाधक बनेका छन् ।

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न इच्छुक नदेनिु र जसपाका नेता ठाकुर र महतो ओली सरकारमा संलग्न भएर निर्वाचनमा जाने तयारी गर्नु राजनीतिक अस्थिरतालाई लम्ब्याएर विदेशी शक्तिलाई स्पेश दिनु हो भन्ने राजनीतिक विश्लेषण छ ।

    विश्लेषकहरुका अनुसार संसद् विघटन गर्नुको उद्देश्य नै निर्वाचनमा जाने र कम्युनिष्टहरुलाई पत्तासाफ गर्नु हो । यो कुरा प्रधानमन्त्री ओलीले नबुझेका होइनन् । तर, उनी बाध्यतामा छन् ।

    त्यसैले फेरि पनि कुनै दलको सरकार बन्न नदिने, ओलीबाटै नयाँ निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचन हुन नदिएर यो संविधान नै खारेज गर्ने खेल पर्दा पछाडिबाट भएको छ । त्यही खेलमा ओली रमाइरहेका छन् ।

    ओलीले संसद् विघटन गर्नु अगाडि देशभरि राजावादीहरुको जुलुस निस्कनु, विघटन भइसकेपछि राजावादी मौन बस्नु र दिल्लीमा पूर्वराजा ज्ञानेन्द्रलाई रातो कार्पेट विछ्याउनु संयोग मात्र होइन, यो संविधानमाथि संकट आइपरेको संकेत पनि हो । दृष्टिका साथमा । 

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…