• काठमाडौं । विसं २०७७ सालको अन्तिम दिन नेपालको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल गरेको छ ।

    यो दिन बजार ०.८६ प्रतिशत बढेर बन्द भएको हो । २३.२३ अंक बढेको बजार २७१४.७९ विन्दुमा पुगेको छ । २६९८.०७ विन्दुदेखि खुलेको बजार मंगलबार २६८८ विन्दुसम्म झरेको थियो । यस वर्षको अन्तिम कारोबार दिन नेप्सेले हालसम्मकै उच्च विन्दु कायम गरेको हो । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९९ बिन्दुले बढेर ४८६.२८ मा पुगेको छ । कूल २०९ कम्पनीको एक करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर सात अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार मंगलबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख १० हजार रुपैयाँ बराबर पुगेको छ । यो हालसम्मकै उच्च हो । कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर भने ओरालो लागेको छ भने छ उपसमूहको शेयर उकालो लागेको छ । 

    बैंकिङ ४२.३६, व्यापार ६९.२९, बिकास बैंक ९५.४२, जलविद्युत् ३१.६९, वित्त ३.६४ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ६५.२४, निर्जीवन बीमा ८८.९२, उत्पादन २१.५१, अन्य ७.५, लघुवित्त १४.४, जीवन बीमा ५१.२८ र लगानी ०.४६ बिन्दुले घटेको छ । कारोबारका आधारमा मंगलबार नबील बैंक शीशेयर खबरः २०७७ को अन्तिम कारोबार हालसम्मकै उच्च, बजार पूँजीकरण ३७ खर्ब ५८ अर्बर्ष स्थानमा रहेको छ । सो बैंकको २८ करोड ६२ लाख ६० हजार ९११ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै, नेपाल बैंक २८ करोड १६ हजार ५३ हजार २५६ रुपैयाँ, एनआइसी एशिया बैंक २४ करोड ३५ लाख ७९ हजार ७९५, नेपाल पूर्वाधार बैंक २१ करोड १० लाख २६ हजार ५३, नेपाल बङ्गलादेश बैंक १८ करोड ३८ लाख ८५ हजार २०३, अपिपावर कम्पनी  १७ करोड ३३ लाख ३७ हजार २२६, कुमारी बैंक १४ करोड ६० लाख १४ हजार १२३, माथिल्लो तामाकोशी १३ करोड ६७ लाख ८९ हजार ७३४, ग्लोबल आइएमई बैंक १३ करोड ६७ लाख ५८ हजार ८०१ र मेगा बैंक १२ करोड ९२ लाख २६ हजार ३८४ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । 

    कारोबारका आधारमा एनआइसी एशिया लघुवित्त ९.९७, माउण्टेन इनर्जी ९.८९, ज्योति लाइफ इन्स्योरेन्स ९.८३, सिन्धु बिकास बैंक ९.८२, छ्याङ्दी हाइड्रोपावर ९.८०,महिला लघुवित्त ८.०६, लुम्बिनी बिकास बैंक ६.३४, गुह्येश्वरी मर्चेन्ट बैंक ५.०२, अपि पावर कम्पनी ४.८८ र महालक्ष्मी बिकास बैंकका लगानीकर्ताले ४.७५ प्रतिशतले कमाएका छन् । यसैगरी, लक्ष्मी लघुवित्त ४.२७, ग्लोबल आइएमई बैंक ४.२७, एनआरएन इन्फ्रास्टकचर ३.५६, इन्फिनिटी लघुवित्त ३.४७, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनी ३.३८, गुराँस लघुवित्त ३.२६, युनिलिभर नेपाल ३.०७, नेशनल हाइड्रोपावर २.९२, आशा लघुवित्त २.८१ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.६३ प्रतिशतले गुमाएका छन् । 

    यस वर्षको अन्तिम दिनको कारोबार समग्रमा सुखद् रहेको छ । विसं २०७७ साललाई सकारात्मक रुपमा विदाई गरेको बजारले आगामी वर्षपछि सकारात्मक गति लिनेमा सरोकारवालाहरु आशाबादी छन् । नववर्षको दिन बुधबार सार्वजनिक बिदा भएकाले अर्को कारोवार भने नयाँ वर्षको दोस्रो दिन बिहीबार मात्रै हुनेछ । 

सम्वन्धित समाचार

काठमाडौं । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढ्दै अहिलेसम्मकै उचाइ कायम गरे…

हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय…

काठमाडौँ, १४ चैत जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्य…

काठमाडौँ, १३ चैत : निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपाव रले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हज…