• काठमाडौं । नेप्से परिसूचक नयाँ वर्षको पहिलो कारोबारमा दिनमा २०.६७ अंकले बढ्दै अहिलेसम्मकै उचाइ कायम गरेको छ । आज शेयर ०.७६ प्रतिशतले बढ्दै २७३५.४६ विन्दुमा रोकिएको छ । नेप्सेले आजसम्मको आफ्नो ब्रेकलाई तोडेको हो ।

    आज १ करोड ९० लाख २० हजार ५२८ कित्ताको किनबेचमा ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज पाँच ओटा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यसैगरी सबैभन्दा बढी वेष्ट फाइनान्स कम्पनीले १० प्रतिशत कमाएको छ । यसैगरी आज एनआईसी एसिया लघुवित्तको कारोबार सबैभन्दा धेरै भएको छ ।

    एनआईसी एसियाको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी नेपाल इन्फ्रास्ट्रकचर कम्पनीको ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, एनआइसीए बैंकको कारोबार ३२ करोड रुपैयाँ बराबर भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । विसं २०७७ सालको अन्तिम दिन नेपालको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ …

हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय…

काठमाडौँ, १४ चैत जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलोपटक बिक्री गरिएको माथिल्लो त्रिशूली थ्रिबी जलविद्य…

काठमाडौँ, १३ चैत : निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपाव रले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हज…