• मोरङको छुट्टा छुट्टै स्थानमा मोटरसाइकल दुर्घटना हुँदा आठ जनाको घाइते भएका छन् । सुन्दरहरैचा र उर्लाबारीमा दुर्घटना हुँदा आठ जना घाइते भएका  हुन् ।


    प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सुन्दरहरैचा नगरपालिका– २ करैवाना स्थित भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १–०२–०४४ प ४७४६ नम्बरको मोटरसाइकल दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को ५ प ४६८१ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको थियो ।

    दुर्घटनामा सुनसरी ईनारुवाका २४ वर्षीय बिष्णु चौधरी उनकी श्रीमती २२ वर्षीय सीता चौधरी, बेलबारी ५ का २२ वर्षीय रोहन चौधरी घाइते भएका छन् । उनीहरु ४७४६ नम्बरको मोटरसाइकलमा सवार थिए । ४६८१ नम्बरको मोटरसाइकलका चालक मोरङ सुन्दरहरैचा – २ का २८ वर्षीय मोहन खवास र २५ वर्षीय रामसिंह धामी घाइते भएका छन् ।

    त्यस्तै उर्लाबारी नगरपालिका– ४ स्थित नगरपालिकाको कार्यालय अगाडि पूर्व पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प ९४८२ नम्बरको मोटरसाइकल को ३३ प २३२३ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो ।

    दुर्घटनामा ९४८२ नम्बरको मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका – ८ जातेका १८ वर्षीय मौषम राई, १९ वर्षीय रमेश राई घाइते भएका छन् । २३२३ नम्बरको मोसा चालक ईलाम खाकखोपथुम गाउँपालिका– ५ का २८ कमल खड्का पनि घाइते भएका छन् । घाइतेकाे विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…