• काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ ।

    जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ । २६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।

    विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् । एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेसलाई भने वर्तमान ओली नेतृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…