• रतुवामाई, २ बैशाख । मोरङको रतुवामाई नगरपालिकामा बैशाख ३ गते शुक्रवारदेखी सुरु हुने  मेयरकप टी – २० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित गायक प्रमोद खरेल आउने भएका छन् ।

    रतुवामाई – ७ स्थित सिजुवाको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन समारोहमा गायक खरेलले मनोरञ्जन समेत दिने भएका हुन् । रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिको आयोजनामा हुने सो प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहेको छ । पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेपछि स्वास्थ्य सुरक्षा अपनाएर प्रतियोगिता गर्न लागेको आयोजक समितीका सदस्य सचिव सुजित जैसवालले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्।  नेपाली…

 महेन्द्रनगर, १५ चैत  पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चि…

 महेन्द्रनगर, २९ फागुन   उहाँ देउडा गायनका क्षेत्रमा झण्डै अढाई दशकदेखि लागिपर्नुभएको छ । पछिल्…

गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम…