• मोरङ । प्रदेश नम्बर १ को नाम किरात राख्न किरात राई यायोक्खाका केन्द्रीय नेताहरुले पुन आग्रह गरेका छन् । 

    यायोक्खाको मोरङ पथरी शनिश्चरे नगर समितिले बिहिबार पथरीमा आयोजित १२ औं राष्ट्रिय जनगणना–२०७८ सम्बन्धी सचेतना कार्यक्रममा नेताहरुले सो कुरा बताएका हुन् । 

    नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यायोक्खा केन्द्रीय उपाध्यक्ष तथा १ नम्बर प्रदेश ईन्चार्ज तिलकप्रसाद राई, सचिव तथा प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राई, केन्द्रीय सदस्य( मोरङ जिल्ला ईन्चार्ज) नवीन र्रा, जिल्ला अध्यक्ष नरहाङ राई लगायतले सम्बोधन गरेका थिए । 

    प्रदेश १ को नाम किरात सबैभन्दा साझा पहिचान हुने भएको तर्क गर्दै प्रदेश सरकार र सदनलाई अबिलम्ब किरात नाम राख्न पुन माग गरेका हुन् । यायोक्खाले पूर्बी नेपालको १७ जिल्लालाई मिलाएर किरात प्रदेश नाम राख्नु पर्ने माग राख्दै आएको छ । 

    किरात राई यायोक्खाले तथ्याङ्क बिभागले जेष्ठ २५ देखि असार ८ सम्म गर्न लागेको १२ राष्ट्रिय जनगणनामा जातिको महलमा राई, धर्मको महलमा किरात, पूर्खौली र मातृ भाषाको महलमा थरगत भाषा र दोस्रो भाषाको महलमा नजिकको कुनै राई भाषा लेख्न देश ब्यापी अभियान चलाउदै आएको छ । 

    यायोक्खा पथरीशनिश्चरे नगर समितिको अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव केदार राई, सल्लाहकार ज्ञानेन्द्र राई, नगरको १० वटै वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु, छिमकी स्थानीय तहका यायोक्खा नेताहरुको सहभागिता रहेको थियो । 

    पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नगरमा भएका सबै जातजाति, भाषा र संस्कृतिको समान रुपमा बिकासहुनु पर्ने बताए । 

    राई जाति नेपालको १० औं ठूलो जनसंख्या भएको समुदाय हो । देशको जनसंख्या बढेको बेला २०६८ सालमा भएको जनगणनामा किरात राई समुदायको संख्या १५ हजार १४७ घटेको तथ्याङ्क रहेको छ । नेपालमा राई भाषा भन्ने छैन । तर, तथ्याङ्क बिभागमा एक लाख बढी राई भाषा बोल्नेहरुको संख्या हरेको उल्लेख छ । हुँदै नभएको भाषा तथ्याङ्क बिभागमा सूचिकृत हुनु तथ्याङ्क बिभागमा कार्यरत कर्मचारीहरुले बिवेक प्रयोगमा समेत समस्या देखिएको यायोक्खा पदाधिकारीहरुको भनाइ छ । राई जातिले थर अनुसारको भाषा बोल्छन तर छुट्टै राई भाषा नभएले कसैले बोल्दैनन । 

    यायोक्खाको स्थानीय तह वडा, वडामा जनगणना अभियान सञ्चालन गर्ने कार्यक्रम अनुसार उर्लाबारी, रतुवामाई, सुनबर्षी, बेलबारी, ग्रामथान, सुन्दरहरैचा, पथरी शनिश्चरे नगरपालिका, मिक्लाजुङ्ग, कानेपोखरी गाउँपालिका र विराटनगर महानगरपालिकामा कार्यक्रम भएको जिल्ला सचिव केदार राईले बताए । 

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…