• अर्जुन जम्नेली राई
    मोरङ । सडक खन्न गएको निर्माण समाग्री जेसीबीमा प्रहरी अधिकृतकै अगाडि आगो लगाउने मोरङको पथरी शनिश्चरे–५ कि एकाघरका सासु बुहारीलाई प्रहरीले पक्राउ नगर्दा थप अन्यायमा परेको पीडित पक्षको गुनासो छ । 


    घट्ना बैशाख ४ गते दिउसो करिब १२ बजेको हो । सरकारी नक्सामा भएको सडक ट्रयाक खन्दै गरेको को १ क १९९३ नम्बरको जेसीबीलाई स्थानीय पद्मादेवि उप्रेती र उनकै जेठी बुहारी बेनिशा चौलागाईले पेट्रोल छर्केको पुल्ठोले आगो लगाएका थिए ।  


    जेसीबी आगो झोस्दा दुई जना प्रहरीकै त्यही थिए । आगो झोस्नु अघिदेखि नै सुरक्षाको लागि एक अवल्दारसहित अस्थायी प्रहरी चौकी हसन्दहका असाई प्लेन धिमाल घट्ना स्थलमै रहेका थिए । 
    प्रहरीले जोगाउने प्रयास गर्दागर्दै पद्मादेबि उप्रेति र बुहारी बेनिशाले जेसीबीमा आगो झोसेका थिए । जेसीबीको ईन्जिनमै आगो झोसेपछि प्रहरी र चालक समूहले निभाउने प्रयास गरेका थिए । त्यसपछि सासु उप्रेतीले ढुङ्गा प्रहार गरेर जेसीबीको शिशा काम नलाग्ने गरी तोडफोड गरेको चालक बिजय श्रेष्ठले बताए ।


    जेसीबी पथरी कारिख कन्स्ट्र«क्सनको हो । कन्स्ट्र«क्सन सञ्चालक सन्जय साहा जेसीबीको भौतिक र हल्टेज (नचल्दा) क्षति हुनुको साथै दिउसै पेट्रोल छर्केर आगो लगाउने महिलालाई प्रहरीले चारदिनदेखि नियान्त्रणमा नलिदा आफूमा झनै अन्यय भएको बताए । पेट्रोल छर्केर आगो लगाउने मानिस चार पाँच दिनसम्म प्रहरीले नियन्त्रणमा नलिदा सुरक्षा ब्यबस्था माथि नै चुनौती आएको साहाको भनाइ छ । 


    जेसीबीमा आगो लगाउन पद्मा उप्रेति बोटल (मिनरल वाटरको)मा पेट्रोल लिएर आउदै गरेको, पुल्ठोमा पेट्रोल छर्केको, आगो ज्वालोसहित जेसीबीतिर अघि बढेको र आगो झोसेको तस्वीरहरु समाजिक सञ्जालहरुमा प्रसस्त सार्वजनिक भएकान छन् । 


    आगो झोस्ने पद्माकुमारी उप्रेतीले स्कुल (बोर्डिङ)को साधनमा प्रयोग हुने पेट्रोल झिकेर पुल्ठोमा लगाएर जेसीबीमा आगो लगाएको स्वीकार्छिन । भन्छिन ‘पुल्ठो लिएर गएर जेसीबी निकाल्छस कि होइन भन्दा अटेर गरेपछि झ्याप्पै आगो लागाएँ ।’ उप्रेती आगो लगाएपछि बुहारीलाई बोटलको थप पेट्रोल ल्याउन भनेको तर प्रहरीले खोसेकोर थप क्षति पु¥याउन नदिएको कारण ढुङ्गा हानेर शिसा फुटाइदिएको ढुक्कसँग बताउछिन । 


    आगो लगाउने पद्मा प्रधानमन्त्री ओलीको बहिनी


    पेट्रोल छर्केर प्रहरीकै अगाडि दिउँसै आगो लगाउने पद्मा निर्घक्क आगो लगाएको मात्र स्वीकार्देनन, ढुङ्गा हानेर शिसाहरु फोरिदिएको हाकाहाकी बताउछिन । यद्यपि प्रहरीले नियन्त्रणमा नलिनुको करण भने उप्रेती प्रधानमन्त्री केपी ओलीसँगको नाता सम्बन्ध रहेको खुलेको छ । 


    समाचारको लागि बुझ्ने क्रममा पद्माकुमारी उप्रेतीलाई सोधियो, तपाई प्रधानमन्त्री आलीको आफन्त हो ? उप्रेतीले सिधै भनिन प्रधानमन्त्री केपी ओली भेरो दाजु हो । हामी काका बडाबाउँको छोराछोरी, ओली मोरो काकाको छोरा हुन् । उनले प्रति प्रश्न गरे, किन ? 


    दाजु प्रधानमन्त्री भएको करण लगाएको होइन । दाजुले आगो लगाउन लगाएको होइन । मैले दाजु (प्रधानमन्त्री)लाई भनेको पनि छुइन । उनलाई आगो लगाएको बारेमा थाहा पनि छैन होला । 
    प्राविधिक इन्जिनियरको अनुसार आगो लगाएको कारण जेसीबीको इन्जिन र शिशा गरी दुई लाख २३ हजार जति क्षति देखियो । बैशाख ६(सोमबार) गते यो क्षतिपूर्ति तिरे मिल्ने मिलाउने प्रयास भएपनि उप्रेतीले एकै पैसा नतिर्ने भनेर इलाका प्रहरी कार्यालय पथरीबाट उठेर हिडेको नगरपालिका ५ नम्बर वडा अध्यक्ष जोगबहादुर धिमालले बताए । फोन सम्पर्कमा पनि उप्रेतीले त्यहि कुरा दोहो¥याए ‘जेल जान्छु तर एक पैसा तिर्दिन ।’


    दिउँसै पेट्रोल छर्केर प्रहरीकै अगाडि जेसीबीमा आगो झोस्ने पद्मा उप्रेती र जेठि बुहारी बेनिशालाई कारबाही गर्न जेसीबी सञ्चालक सञ्जय साहाले प्रहरी कार्यालयमा जाहेरी लेखेर प्रहरीलाई बुझाएका छन् । ५ नम्बर वडा अध्यक्ष जोगबहादुर धिमालले पनि पक्राउ गरेर कानूनी कारबाही गर्न पत्र लेखेरै शिफारिस गरेपनि सासु बुहारी आफ्नै घरमा बस्दै आएका छन् । यस बिषयमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काको भने प्रष्ट जवाफ छैन । डीएसपी खड्का मधुरो स्वरमा अदालतबाट पक्राउ पुर्जि आए पक्रिने बताउछन् । 

    यस्तो छ घट्ना हुनुको कारण

    उप्रेती परिवार करिव तीन पुस्तादेखि सो ठाउँमा जग्गा ठेक्कामा कमाउँदै आएका थिए । जग्गा कमाए बापत ४ कट्ठा ४ धुर जग्गा कानूनी रुपमै सो परिवारले पाइ सकेका छन् । आफूले जग्गा पाएपनि अझै बाँकी जग्गा कमाउदै आएको पद्माकुमारी उप्रेतीले बताए । 

    उप्रेतीको अनुसार आफूले पाएको जग्गाको शीमानामा केही बर्ष अघिदेखि ऐलानी जग्गा छ भनेर हल्ला हुन थाल्यो । पछि सरकारी बाटो पर्छ भनेर कुरा आयो । त्यसपछि सडक निकाल्न प्रयास भयो । तर, त्यो जग्गा आफूले उपभोग गर्दै आएको र पुरानो बाटो पुरै मेटिएर नयाँ ठाउँबाट सडक स्थापित भएकोले नक्सा भएपनि आफूले कमाउदै आएको जग्गाबाट ट्रयाक खोल्न असहमति राख्दै आएको पद्मा उप्रेतीको भनाइ छ । 

    सो जग्गा बारे नगरको न्यायिक समितिको पहलमा पनि पटक पटक छलफल भएको थियो । ५ नम्बर वडा अध्यक्ष जोगबहादुर धिमाल, सदस्य रेवत बस्नेत लगायतको उपस्थितिमा पद्मा उप्रेतीले नयाँ सडक खोल्ने बारेमा निरन्तर असहति राखेको देखिन्छ । 

    सरकारी नक्सामा सडक प्रष्ट भएपछि पथरीशनिश्चरे नगरको न्यायिक समितिले २०७७ चैत्र १६ गते उक्त जमिनमा नक्साबो बाटो देखिएको र हाल सडक आवश्यक रहेकोहुँदा सडक खोलेर कार्यालयलाई जानकारी गराउनु भनेर वडा कार्यालयलाई आदेश दिएको थियो । 
    पटक पटक छललफलहुँदा पनि उप्रेतीले जग्गा नछाड्ने भएपछि प्रहरीको उपस्थितिमा वडा कार्याल र स्थानीयबासीले सडक ट्रयाक खोल्न जेसीबी ल्याएर काम शुरु गर्दा पद्मादेवि उप्रेती र बुहारी बेनिशाले आगो लगाएका हुन् । 

    न्याय, अन्यायको बारे सरकारी निकायहरुमा छलफल हुन्छ र अन्यायमा पर्ने पक्षले न्याय पाउनै पर्छ । प्रधानमन्त्री केपी ओलीसँग नाता सम्बन्ध परोस नपरोस त्यो सार्वजनिक सरोकारको बिषय भएन । तर, पेट्रोल छर्केर दिउँसै निर्माण समाग्रीमा आगो लगाउने र जनधनको सुरक्षाको जिम्मा लिएका प्रहरी निरिह बन्नु, बनाइनुले सुरक्षा चुनौती भने बढ्ने देखिन्छ । यस्तै घट्ना अर्को परिवार वा समूहले गरेमा के गर्ने भन्ने ठाडो प्रस्न उत्पन्न हुन्छ ।

     

     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…